७ वैशाख २०८१ शुक्रबार
कला

लाइभ दोहोरीमा छाडा शब्द गाउने कलाकारले मागे माफी

 लाइभ दोहोरीमा अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानसँग माफी मागेका छन्।

प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र काट्दै २० जना कलाकारलाई आइतबार कार्यालयमा बोलाएको थियो । तीमध्ये १३ जना मात्र उपस्थित भएर स्पष्टीकरण दिएका प्रतिष्ठानले जनाएको छ।

उपस्थित कलाकारले अबदेखि लाइभ दोहोरीमा छाडा शब्द नगाउने भन्दै प्रतिबद्धता जनाएका हुन्।चलेका कलाकारहरुले न पछिल्लो समय लाइभ दोहोरीमा छाडापन झल्कने गीत गाइरहेको पाइएकोले दोहोरी क्षेत्रमै विकृति फैलिएको गुनासो बढेको छ।

प्रकाशित: २० असार २०७९ १७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App