८ वैशाख २०८१ शनिबार
कला

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारी

सूचना, प्रविधि र चलचित्र पत्रकारिता सम्बन्धि कार्यशालाको उद्दघाटन गर्दै मन्त्री थापा। तस्बिर नागरिक

पोखरालाई चलचित्र सुटिङस्थल बनाउने अभियान चर्चा सेलाईसकेको छ। पोखराको धम्पुस क्षेत्रमा सुटिङ स्पट बनाउने योजना अघि सारिएको थियो। तर कार्यान्वयनमा आएन। तर गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेश सरकार चलचित्र विकास बोर्डको गठन गर्ने योजना रहेको खुलाएका छन्।  

चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको दुई दिवसीय सूचना, प्रविधि र चलचित्र पत्रकारिता सम्बन्धि कार्यशालाको उद्दघाटन गर्दै मन्त्री थापाले प्रदेश चलचित्र विकास बोर्ड गठन गरेर चलचित्रको विकासमा टेवा पुर्याउने स्पष्ट पारे। ‘प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा छ। आगामी आर्थिक वर्षका लागि बजेट समेत विनियोजन गरिएको छ। चलचित्र विकास बोर्डको गठनका लागि आवश्यक ऐन निर्माण गर्ने गरी अगाडि बढिनेछ।’,मन्त्री थापाले भने।  

मन्त्री थापाले पोखरामा चलचित्र क्षेत्रको उन्नयनका लागि चलचित्र पत्रकार संघ कास्कीले उल्लेखनीय काम गरेको बताए। पोखरा चलचित्र नगरी भएकाले यसको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान पुर्याउनुपर्ने आवश्यकतालाई मन्त्री थापाले औल्याएका छन्। उनले चलचित्रको लागि पोखराको प्राकृतिक सौन्दर्यताले खिच्ने भएपनि चलचित्रकर्मीको ध्यान जानुपर्नेमा समेत जोड दिए। मन्त्री थापाले चलचित्रकर्मीले प्रकृति र कलाकारितालाई जोड्नुपर्नेमा  बताए।  

चलचित्र क्षेत्र समाजको ऐना भएको उल्लेख गर्दै उनले चलचित्रका माध्यम पोखरासँगै गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए। उनले पोखरासँगै गण्डकी प्रदेश चलचित्रको लागि उपयुक्तस्थल भएपनि त्यसतर्फ सूचित गर्न नसकिएको सनाए। मन्त्री थापाले सिक्ने क्रम कहिल्यै नसकिने भएकाले सिकाईले नै मान्छेलाई सबल र सक्षम बनाउँदै लैजाने बताए। प्रशिक्षक एवम् चलचित्र निर्देशक तथा लेखक मनोज पण्डितले दुई दिने कार्याशालामा सहभागीले कथा लेख्न र प्रविधिको प्रयोगबाट प्रभावकारिता बढाउन सिक्ने अवसर प्राप्त गर्ने बताए।  

चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष अरुण गिरीले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगले सहजता सँगै समस्या पनि सिर्जना गरेका कारण चलचित्र पत्रकारहरुले यस्ता कार्याशालाबाट प्रविधिको सही प्रयोग गर्न सिक्ने र चलचित्र पत्रकारिता क्षेत्र मर्यादित र व्यवसायिक बन्न टेवा पुग्ने विश्वास लिएको जिकिर गरे। कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा आयोजना गरिएको कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल समेत बोलेका थिए।

प्रकाशित: १४ असार २०७९ १५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App