८ वैशाख २०८१ शनिबार
कला

आमा बन्दै आलिया भट्ट

बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्न लागेकी छिन्। यसबारे उनले सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै जानकारी दिएकी हुन्। अस्पतालको तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘छिट्टै हाम्रो बच्चा आउँदैछ।'

आलिया अहिले पति रणवीर कपूर सँग लण्डनमा बस्दै आएकी छिन्।

रणवीर र आलियाको विवाह मुम्बईस्थित घर वास्तुमा नजिकका साथीभाइ र परिवारका बीचमा भएको थियो। ५ वर्ष डेटिङ गरेपछि दुवैले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए। यो जोडी सन् २०१७ मा ‘ब्रह्मास्त्र’ को सेटमा भेटिएको थियो। त्यस यता दुवै एकअर्कालाई डेट गर्दै आएका थिए ।

प्रकाशित: १३ असार २०७९ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App