२ भाद्र २०७९ बिहीबार
कला

तिमी हाँसे संसार हाँस्छ रुँदा एक्लै रुन्छौ

गीत

कृष्णबहादुर बुढाथोकी

 

तिमी हाँसे संसार हाँस्छ रुँदा एक्लै रुन्छौ,

निचोरेर कलेजोलाई मनको दुख धुन्छौ।

मन्दिर घुम्छौ मस्जिद धाउँछौ पिर मेटाउन,

कसले सक्यो मन्दिरको देउता भेटाउन।

(मन्दिरको भन्दा पहिले मनको देउता चिन,

मनभरि चोट बोकी भौंतारिन्छौ किन!)२

तिमी हाँसे...

सुख बाँड सबै लिन्छन् दुःख एक्लै बोक्छौ,

सुख जोख्ने धनको पल्ला दुःख केमा जोख्छौ?

तिमी खुशी भयौ भने खुशी हुन्छन् देउता,

रोए तिमी मनको मन्दिर हुन्छ चोइटा–चोइटा।

(भत्किएको मन मन्दिर भावनाले छोप,

हरियाली बनाऊ लाखौं दयाका फूल रोपी।)२

तिमी हासे...!

प्रकाशित: ११ असार २०७९ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App