७ वैशाख २०८१ शुक्रबार
कला

‘अटलमान राई स्मृतिग्रन्थ’ विमोचन

जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सल्लाहकार  तथा समाजसेवी स्वर्गीय अटलमान राईको वार्षिक पुण्यतिथिको अवसर  पारेर  उनको स्मृतिमा लेखिएको स्मृतिग्रन्थ विमोचन गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘अटलमान राई स्मृतिग्रन्थ’ पुस्तकको विमोचन गरेकी हुन्।

पुस्तकको विमोचनमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वर्गीय राईले राजनीतिमा पुर्‍याएको योगदानको सम्झना गर्दै उनले समाजका उत्पीडन वर्ग, जात, समुदायको पक्षमा सधैं वकालत गर्दै विभिन्न आन्दोलनमा सरिक भएर  हालको उपलब्धि हासिल गरेको बताए।

कार्यक्रममा स्वर्गीय राईकी धर्मपत्नी शोभा राई, राष्ट्रिय सभाका सदस्य सुरेश आले मगर , कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा, संगीतकार  तथा गीतकार  बुद्धवीर  लामा, किरात राई यायोख्याका अध्यक्ष दिवस राई लगायतका व्यक्तिहरूले स्वर्गीय राईको योगदानको चर्चा साथै स्मृतिग्रन्थबारे बोलेका थिए।

स्मृतिग्रन्थमा बाल्यकाल, समाजसेवा, राजनीति, पेसा–व्यवसाय र  विविध सन्दर्भ समेटिएका ५२ लेखहरू समावेश छ।

प्रकाशित: ११ असार २०७९ ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App