७ वैशाख २०८१ शुक्रबार
कला

पछुतो

लघुकथा

रोशन पराजुली

‘ए पख तिमी किन हतार हतारमा नि?’

प्रश्न समयको–जीवनलाई।

जीवन–किन नि?

‘हतार गर्नु भन्या पछि पर्नु हो।’ समयले दिइहाल्यो।

जीवन-ए त्यसो पो।

जीवन- किन पछि पर्छु र म?

समय–

‘ल तिमीलाई पछि पर्छौ भन्या हो र!  हतार नगर। बिस्तारै हिंड पो भन्या त!’ जीवन छक्क!

समय-

न गन्तव्यको ठेगान!  न पदचापमा ध्यान! न दुरी  नै कायम! न समयको पहिचान!

कम्तीमा वेगलाई त ध्यान देऊ।

जीवन-

हैट, यस्ता घिसिपिटी कुरामा किन अलमलाउँछौ मलाई!

हतार छ हतार मलाई भन्दै ऊ अघि लाग्यो।

समय चुपचाप हेरिरह्यो।

जीवन,

केही पर पुग्न नपाउँदै ठेस लाग्यो र थुचुक्क बस्यो अनि सम्झियो, ‘बाफ रे कस्तो बाधा!’

प्रकाशित: १० असार २०७९ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App