६ वैशाख २०८१ बिहीबार
कला

रोजगार

लघुकथा

लक्ष्मण थापा

नारनभक्त बैंकका कारिन्दा। छोरालाई डाक्टर बनाउने ठूलो धोको थियो। छोराको वुद्धिले भ्याएन। तर, हेल्थ असिस्टेन्ट भएर भए पनि छोराले स्वास्थ्य क्षेत्रमै हात हाल्यो।

छोरालाई हेल्थ असिस्टेन्टको जागिर पनि मरिगए मिलेन। छोराको रोजगार नभए विहेवारीमा पनि समस्या हुने! ढाक्रे छोरालाई गतिली केटी कस्ले दिने?

आफ पनि बैंकबाट अवकाश भैहाले। उपदान, सञ्चयकोष, बिरामी बिदा आदि गन्ठयाङ-मन्ठयाङ जोड्दा राम्रै रकम हात लागि भयो। यसो मनन गरेर हेर्दा सडकतर्फ आफ्नै घरका सटरहरू खाली नै थिए।

मान्छे बिरामी हुन कुनै आइतबार कुर्न नपर्ने। नेपालीहरू अस्पताल, डाक्टर र औषधिमैत्री बडो सहृदयी भावनाका भएकाले हेल्थ असिस्टेन्ट छोरालाई औषधि पसल खोलेर रोजगार दिनु उपयुक्त देखी पसल खोलिदिए। पसलको नाम ‘आयु औषधि पसल’ जुराए।

उनी आफू पनि अवकाशपछि हालै फाल्तु बनेका थिए। के काम गर्ने होला भनेर खुबै सोचविचार गरेर औषधि पसलसँगै जोडिएको सटरमा बोर्ड झुन्ड्याए। त्यहाँ लेखिएको थियो,‘कैंची मदिरा पसल’!

प्रकाशित: ४ असार २०७९ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App