१६ चैत्र २०८० शुक्रबार
कला

हिसाबकिताब

लघुकथा

गौरी न्यौपाने

हिन्दूहरूको चाड दशैं  नै आएर सुनसान र रित्तो बनाइगएजस्तै गरी चुनाव सकियो।

भोट कुन पाटी,कसको  पक्षमा कति खस्यो भन्ने मात्र बाँकी रह्यो।

पवन घरमा खाना नखाएकै पन्ध्र दिन भैसकेको थियो। पवन जस्तै कार्यकर्तालाई न्याँस्रो र खल्लो लाग्नु  स्वाभाविकै थियो।

अर्कातिर आफूले पक्ष लिएको उम्मेदवारको मत परिणाम कस्तो आउने हो,विजय जुलुसमा निस्कन पाइने हो,हैन।

उम्मेदवार जनप्रतिनिधिको दावेदारलाई भने अझै अग्निपरीक्षा बाँकी नै थियो। रातभर मतपत्र गणना गर्दा आँखा झिमिक्क नपारेका निलमणि मतगणना सकिन लाग्दा लल्याकलुलुक भैसकेका थिए।

उनको अग्निपरीक्षाको नतिजा सकरात्मक भएन। उनी मतपेटीकै अगाडि गर्ल्याम्म ढले। हतारहतार अस्पताल पुर्‍याइयो। होसमा आउँदा उनको दुवै ओठले फुसफुसाइरहेका थिए, ‘हिसाबकिताब नि!’

प्रकाशित: ४ असार २०७९ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App