८ वैशाख २०८१ शनिबार
कला

डा. बरालको ‘मालामा नउनिएका फूलहरू’ लोकार्पण

डा. खगराज बरालद्वारा लिखित संस्मरणात्मक अनुभूतिहरूको सँगालो ‘मालामा नउनिएका फूलहरू’ शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा लोर्कापण भयो।

पुस्तक साहित्यकार तथा कूटनीतिज्ञ प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्वसांसद डा. शोभाकर पराजुली, पूर्वसचिव किशोर थापा, शिक्षिका गीता काफ्ले, शिखा बुक्सका प्रमुख पुष्पराज पौडेल र लेखक स्वयम् डा. खगराज बरालद्वारा संयुक्त रूपमा लोकार्पण भएको हो। कार्यक्रम शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

पुस्तकमाथि आफ्नो धारणा राख्ने क्रममा प्राध्यापक डा. जयराज आचार्यले सरल भाषामा गहन अभिव्यक्ति व्यक्त गर्न पुस्तक सक्षम रहेको बताए। यसै क्रममा पूर्व सांसद तथा लेखक डा. शोभाकर पराजुलीले यो पुस्तक एकपटक होइन, पटकपटक पढ्नुपर्ने र पढेपछि नवीन सिकाइ थपिँदै जाने बताए।

यसैगरी पूर्वसचिव किशोर थापाले ‘मालामा नउनिएका फूलहरू’मा अनुभव र भोगाइका अनेकौँ अध्याय पाइने र यस्ता अनुभव तथा भोगाइबाट धेरै कुरा सिक्न सकिने बताए। नन्दी माध्यमिक विद्यालय नक्सालकी प्रधानाध्यापक गीता काफ्लेले प्रस्तुत पुस्तक वैचारिक तथा व्यावहारिक रूपमा अलमलिएका र दोधारमा रहेका मानिसका लागि मार्गदर्शन गर्न सक्षम रहेको बताए। पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो।

प्रकाशित: १४ जेष्ठ २०७९ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App