coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

स्वर्णिम वाग्लेको ‘अतृप्त अवसर’ लोकार्पण

वरिष्ठ अर्थशास्त्री एवम् लेखक स्वर्णिम वाग्लेको पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक गरिएको छ। काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आइतबार आयोजित कार्यक्रममार्फत् पुस्तक लोकार्पण गरिएको हो। नेपाली कांग्रेस नेता एवं सांसद् गगन थापा, राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झा र लेखक वाग्लेले पुस्तक लोकार्पण गरे।

पुस्तक लोकार्पणसँगै पत्रकार अमित ढकालको सहजीकरणमा समसामयिक अर्थ–राजनीतिक विषयमा विमर्शसमेत गरियो। कार्यक्रममा नेता गगन थापाले वाग्लेको यो पुस्तक नेपालको अर्थ–सामाजिक विषयमा रुचि राख्नेहरूका लागि बढी उपयोगी रहेको बताए। यसै क्रममा सांसद् थापाले पुस्तक सरकार सञ्चालनसँग गाँसिएका नीति, बजेट र आयोजनाबारेको टिप्पणीमा आधारित भएकाले यसले दीर्घकालीन विकास रोडम्यापमा अन्तर्निहित सोच, मान्यता र दर्शनबारे दिशानिर्देश गर्ने विचार राखेका थिए।

सो अवसरमा योजना आयोगकी पूर्वसदस्य झाले अल्पकालीन सरकारका कारण विकासमा हुने गरेका अवरोध चिर्न दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन्। ‘अतृप्त अवसर’ पुस्तकले पनि यही किसिमको विचार अभिव्यक्त गरेको उनको भनाइ थियो।

कार्यक्रममा लेखक वाग्लेले नेपालको इतिहासमा जुद्ध शमशेरपछि अपूर्व अवसरका साथ केपी ओली नेतृत्वको सरकार आएको उल्लेख गर्दै यस्तो अवस्थामा पनि सोचेअनुसार गर्न नसक्नु नेपालका लागि दुर्भाग्यपूर्ण रहेको धारणा राखे।

साथै नेपालको विकासका लागि अपनाउन सकिने मोडल र पद्धतिका विषयलाई पनि आफूले पुस्तकमा समेटेको वाग्लेले बताए। बोलीचालीको सरल एवम् सहज भाषामा आफूले लेख तयार गरेको र तिनलाई सर्वसाधारणले समेत बुझ्ने तहमा प्रस्तुत गर्ने जमर्काे गरेको उनले जानकारी दिए। २५ ओटा अर्थशास्त्रीय लेखहरू समेटिएको पुस्तक ‘अतृप्त अवसर’लाई फाइनप्रिन्ट बुक्सले प्रकाशनमा ल्याएको हो।

प्रकाशित: १४ जेष्ठ २०७९ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App