७ वैशाख २०८१ शुक्रबार
कला

साहित्यकारहरूले गरे देशप्रति चिन्ता

भक्तपुरका साहित्यकारहरूले देशप्रति पिर गरेका छन्। उनीहरूले 'देशको मायाले पिर दियो' भन्दै चिन्ता साटेका हुन्।  

नेपाल कला संस्कृति साहित्य प्रतिष्ठानले आइतबार भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श मावि लायकू थिमिमा आयोजित साहित्यिक भेटघाट कार्यक्रममा उनीहरुले आआफनो साहित्यमार्फत् देशको चिन्ता गरेका हुन्। साहित्यकार प्रजापति तिमल्सिनाले देशको सिमाना मिच्दा पनि कुनै राजनीतिक दललाई चासो नभएको भन्दै चिन्ता साटे। उनले गीत सुनाउँदै देशको मायाले आफूहरुलाई पिरलो भएको सुनाए।  

कार्यक्रममा साहित्यकार प्रजापतिले हालै उनले गरेको पश्चिम नेपालको कर्णालीका विभिन्न जिल्लाहरुको भ्रमणको अनुभव सुनाए। साथै साहित्यका पदम दाहालले पनि हालै गरेको देश भ्रमणको अनुभव सुनाए।  

कार्यक्रममा साहित्यकारहरु डा इन्दुल केसी, डा गीता सुवेदी पन्थी, पदम दाहाल, जीवनाथ अधिकारी, बुद्धीकुमार घो विगुल, हरिबहादुर श्रेष्ठ, सशंकरमान मानन्धर, साधुराम गिरी, लालबहादुर भुजेललगायतले साहित्यमार्फत मुलुकप्रति चिन्ता व्यक्त गरेका हुन्।

प्रकाशित: ८ जेष्ठ २०७९ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App