६ वैशाख २०८१ बिहीबार
कला

मैनबत्तीझैं जलिराख्छु, छरिराख्छ ज्योति

गीत

शिव पलाँस

मैनबत्तीझैं जलिराख्छु, छरिराख्छ ज्योति,

ऊ हो शिक्षक गरिराख्छ अक्षरको खेती।

कलमको शक्ति के हो बताउँछ उसले,

सच्चा देशभक्ति के हो बताउँछ उसले।

भन्छ सधैं शिक्षा नै हो देशको मेरुदण्ड,

कुनै कुरा ठूलो होइन जन्मभूमिभन्दा।

सत्यको पाठ पढाउँछ, न्याय पढाउँछ,

सबैलाई सफलताको सिंढी चढाउँछ।

संघर्षमा पनि सधैं हाँस्न सिकाउँछ,

श्रम, सीप र इमानमा बाँच्न सिकाउँछ। 

प्रकाशित: ५ जेष्ठ २०७९ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App