coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

साहित्यकार लता केसीको दृश्य सार्वजनिक

हाम्रो लघुकथा पाठशालाका संस्थापक लता केसीको दोस्रो लघुकथासंग्रह दृश्य विमोचन भएको छ।

लघुकथा समाज नेपालका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, समाजका निवर्तमान उपाध्यक्ष ध्रुव मधिकर्मी, हाम्रो लघुकथा पाठशालाका डा.शेखरकुमार श्रेष्ठ, नमस्ते लघुकथा आधुनिक मञ्चका शेखर अर्याल, लघुकथा कुनोको खेमराज पोखरेल, लघुकथा सौन्दर्यका श्रीराम राई, साहित्यकार भीम खरेल, विष्णु सिलवाल लगायतले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।

कार्यक्रमका विशेष अतिथि ध्रुव मधिकर्मीले विमोचित कृति दृश्य संग्रहनीय रहेको बताए। दृश्यमा घतलाग्दा लघुकथाहरू सङगृहीत छन्। यसले लघुकथाकारको उचाइ झन् अग्लाएको छ।

कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले अनेक चुनौती पार गर्दै नेपाली लघुकथा अगाडि बढेको बताए। पहिलेपहिले लघुकथा भनेबित्तिकै केही व्यक्ति अनेक टिप्पणी गर्थे। अनेक चुनौती पार गर्दै यहाँसम्म आइपुग्दा लघुकथाले निकै व्यापकता पाएको छ। यही व्यापकताको साक्षी हुन् लघुकथाको अभियन्ता लता केसी। उनले राम्रो लघुकथा मात्रै लेखेकी छैनन्,हाम्रो लघुकथा पाठशालामार्फत दर्जनौ लघुकथाकार जन्माएकी छन्।

उनले प्रविधिको उपयोग गर्दै लघुकथालाई समृद्धिको बाटोमा डोर्‍याएकी छन्। प्रविधिले मानवीय संवेदना र भावनाबाट टाढा बनाए पनि साहित्य सिर्जनालाई सहज बनाएको छ। उनले प्रविधिको उपयोग गरेर नै सुन्दर लघुकथा लेखेकी हुन्।

सभाध्यक्ष पोखरेलले लघुकथाकार केसी टेस्टीफाई लघुकथाकार भएको बताए। उनले हाम्रो लघुकथा पाठशालामार्फत नेतृत्वदायी भूमिका खेल्दै धेरै लघुकथाकार जन्माएकी छन्। उनले भने, ‘सिद्धान्त लघुकथाको बाधक र शासक दुवै होइनन्। राम्रो विषय समाजबाट लिने र सिद्धान्त  पढेर राम्रो लघुकथा लेख्न सकिन्छ।’
विमुन्स पौडेलले चलाएको कार्यक्रममा विरेन मालाकार, मिसु श्रेष्ठ र गंगा दाहालले  संग्रहका केही लघुकथा वाचेका थिए।

प्रकाशित: २५ वैशाख २०७९ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App