coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सोकेसको ऐनाको विमोचन

निबन्धकार बोधराज पौडेलको ‘सोकेसको ऐना’  विमोचन भएको छ। अनामनगरस्थित निम्तो रेस्टुरेन्टमा कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, सभाध्यक्ष डा. भागवत आचार्य, होमशंकर बास्तोला, प्रेमकुमार राई परीक्षित, दामोदर न्यौपानेले  सो पुस्तक संयुक्त रूपमा विमोचन गरेका हुन्।

विमोचन समारोहमा होमशंकर बास्तोला, प्रेमकुमार राई परीक्षित र दामोदर न्यौपानेले निबन्धकारलाई बधाई तथा शुभकामना दिएका थिए।

कार्यक्रमको प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले सोकेसको ऐना निबन्धमा निबन्धकारको छुट्टै शैली रहेको बताए। निबन्धमा बोधराज शैली पाइन्छ। यो संख्या बढाउने पुस्तक मात्र होइन, यसले नेपाली साहित्यमा छुट्टै महत्त्व राख्छ। लोभलाग्दो विम्ब, छोटा र सरल वाक्य, थोरैमा धेरै भन्ने सक्ने खुबी र रहस्यात्मक समापनले निबन्ध निकै पठनीय रहेको छ।

त्यसैगरी डा. भागवत आचार्यले कवितामा जत्तिकै निबन्धमा पनि निबन्धकार पौडेलको लेखनमा परिपक्वपन रहेको बताए। म उनका कवितादेखि  निकै परिचित छु। उनको निबन्धमा पनि उत्तिकै राम्रो रहेछ। उनले जीवनको विभिन्न पक्षलाई अन्यन्तै प्रभावकारी ढंगले प्रस्तुत गरेका छन्। त्यसैगरी विष्णु पौडेलले उनका निबन्ध निकै मन छुने रहेको बताए।

साहित्यकार कल्पना काफ्लेले सञ्चालन गरेको सो कार्यक्रममा बिएन पुस्तक प्रालिका ठाकुर चापागाईं, सन्तोष दाहाल, रामहरि चौलागाईं, मधुसूदन दाहाल,घनबहादुर थापाको साथै बालसाहित्यकार अनुश्री आचार्य, भावना पौडेल र कामना पौडेल पनि उपस्थिति रहेको थियो।  

प्रकाशित: २४ वैशाख २०७९ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App