coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

आमा

कविता

सुरेन उप्रेती

जन्म दिने कर्म दिने सीप दिने आमा

बामे सर्दै पाइला टेक्न सिकाउने आमा

आफूलाई मेटाएर सन्तानका लागि

भोक तिर्खा निद्रा थकान सबैलाई त्यागी

दिनरात बाह्रै मास सोच्छिन् उनकै खातिर

सुख अनि समृद्धिका निम्ति हुन्छिन् हाजिर

जन्म दिने कर्म दिने सीप दिने आमा

बामे सर्दै पाइला टेक्न सिकाउने आमा

पढोस् बढोस् नाम राखोस् स्वास्थ बनोस् भन्दै

सातै बार व्रत बस्छिन् दीर्घायु होस् भन्दै

केही खानुभन्दा पहिला सन्तान सम्झिएर  

गाँस निल्न गाह्रो हुन्छ याद बल्झिएर

जन्म दिने कर्म दिने सीप दिने आमा

बामे सर्दै पाइला टेक्न सिकाउने आमा

मिल्ने भए नानी भित्र लुकाएर राख्छिन्

मुटुभित्र छातीभित्र छुपाएर राख्छिन्

पिलाउँछिन् अमूल्य रस छाती सुकाएर  

उज्यालोमा राख्छिन् सन्तान आफू जलाएर।

जन्म दिने कर्म दिने सीप दिने आमा

बामे सर्दै पाइला टेक्न सिकाउने आमा।

प्रकाशित: २३ वैशाख २०७९ ०७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App