काठमाण्डौं विश्वकर्मा महारपुराण अबदेखि नेपाली भाषीले पढ्न पाउने भएका छन्। नेपालमा पहिलो पटक विश्वकर्मा एकीकृत समाजका महासचिव एकराज लकान्द्रीले सो पुस्तकको अनुवाद गरेका हुन्। पुस्तकको लोकार्पण कायृक्रमका प्रमुख अतिथी संस्कृति एवं पुरातत्वविद तथा प्रज्ञा प्रतिष्ठानका उपकलुपति जगगमान गुरुङले गरेका हुन्।
यसअघि संस्कृति र हिन्दी भाषामा मात्र प्रकाशित पाइने यो पुस्तक लकान्द्रीले पहिलो पटक अनुवाद गरेका हुन्। नेपाली समाजको विद्यमान जात व्यवस्थाले ‘शुद्र’ जाति भित्र समाहित गरेको विश्वकर्मालाईं पौराणिक धार्मिक ग्रन्थमा कतै पनि शुद्र जातिमा समावेश नगरेको र अछुत जातिको रुपमा उल्लेख नगरको अनुवादक लकान्द्रीले बताए।
यसको सट्टा पुस्तकमा उल्टै विश्वकर्मा जातिलाईं भगवानको चमत्कारिक शक्तिको रुपमा वर्णन गरेकोले शुद्र जातिमा समावेश गर्न नहुन र उनीहरु माथि छुवाछुतजन्य भेदभाव हुनु अचम्मको विषय भएको बताए।
‘विश्वकर्मा महापुराणमा हामीलाई कतै अछुत जातिको रुपमा राखिएको छैन, तर नेपालमा विश्वकर्माहरु शुद्रको नाममा वर्षेनी मारिएका छन्, हामी अछुत हैनौ, हामी यो पुस्तक लिएर प्रत्येक गुरुकुलमा पुग्छौं’ उनले भने। नेपालमा विश्वकर्मा जातिलाई गरिएको जातीय विभेदको जवाफ राज्यले दिनुपर्ने उनले बताए।
विश्वकर्मा महापुराणमा विश्वर्मालाई महर्षि अंगिराका शिल्पचार्य भगवानको रुपमा, ब्रहमा, विष्णु, रुद्र, इन्द्र, बरुण, कुवेर आदि सबै विश्वकर्माको स्वरुप रहेको, पौराणिक कालमा संसारलाई प्रविधि सिकाउने आध्यय गुरुको रुपमा, भगवान शंकरका लागि कैलाश पर्वत, बिष्णुका लागि वैकुण्ठ, ब्रम्हाका लागि ब्रम्बहलोक, इन्द्रको लागि स्वर्गलोकका रचनाकर्ताका रुपमा प्रस्तुत गरिएको छ।
त्यसैगरी विश्वका २५ वटा पुत्रहरुको १ सय २५ वटा गोत्र र ८० वटा उपगोत्र रहेको, विश्वर्माको पूजनविधि, विश्वकर्मा पुजन सामाग्री, अष्टाक्षर मन्त्रका सूत्रहरु जस्ता मन्त्रहरु समावेश रहेको छ लकान्द्रीले औल्याए।
पुस्तक माथि टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यपक नीलम आकाशाले धर्मग्रन्थहरुको अनुवाद तथा प्रस्तुत गर्ने विषयमा भएको गलत बुझाइमा भएको समस्याले विभेद देखिएको बताए। ‘धर्मग्रन्थमा हिलो छयाप्नु हुँदैन, मुख्य समस्या बुझाइमा छ’ उनले भने। कुनै व्यक्तिले गरेको विभेद रामचरित रामयणमा समेत श्लोक थपिदिएर शास्त्रलाई इतिहासमा कठोर रुपमा भाव बंग्याएको कमलले बताए।
यही विषयलाई विवादित बनाएएर आजको नेपाली समाजमा विदेशीले लडाइँ झगडा जुटाइदिएको बताए। ‘हाम्रो गरिबीलाई खेदेर हामी बीच नै लडाइदिएको छ’ उनले भने। सोही क्रममा प्राज्ञ प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले विश्वकर्मा जातिको इतिहास र सभ्यता खोज्दा भारतको राजपुत जातिसंग मिल्दो जुल्दा भएकोले विभेद नहुनु पर्ने बताए।
त्यति मात्र नभइ नेपालका कतिपय भेगहरुमा विश्वकर्मालाई शक्तिशाली पात्रको रुपमा व्यवहार गर्ने अभ्यास समुेत पाइएकोले यो जातिको इतिहासको खोजी तथा अध्ययनको आवश्यकता रहेको बताए। सोही क्रममा दक्षिण अफ्किाका पूर्वराजदुत निर्मल फलामको काम गर्ने जातिको रुपमा चिनिने विश्वकमौलाइै यही काम गर्ने भारत, बेलायतमा कुनै विभेद नरहेकोमा नेपालमा मात्र अपवाद भएको बताए।
सोही क्रममा दलित समुदायको अध्ययनकर्ता डिवी नेपालीले विश्वकर्मा आर्य समूहको नभएर मंगोल खस द्रविडवाट विकसित भएको बताए। यो समुहको नेपालको पश्चिम भेकमा धेरै संख्या रहेको कतिपय ठाउँहरुमा विश्वकमौ जाति मन्दिरको पूजारीको रुपमा रहेको, राजा समेत बनेको इतिहास रहेको बताए। पछि गएर हारेकाहरुलाई सजायँको दिने क्रममा जातिच्युत गर्ने क्रममा शुद्र जातिभित्र समावेश गरेको पाइएको नेपालीले बताए।
‘लोहारको जातलाई खसालेर छुत-अछुत बनाएको देखिन्छ’ उनले भने। पुस्तकको अनुवादले विश्वकर्मालाई धर्ममा विभेद थिएन भन्ने एउटा आधार पेश गरेको दलित वुद्धिजीवि हीरा विश्कर्माले बताए। तर अबको दलित आन्दोलनले नयाँ संस्कृत र पहिचानको साथ अघि बढ्नु पर्ने आवश्यक रहेको विश्वर्माले बताए।
उनले विश्वकर्मा जाति माथि नेपालकै तराइ र भारतमा समेत विभेद नभएकोमा नेपालमा मात्र विभेद भएको औल्याए। कार्यक्रमा एकीकृत विश्वकर्मा समाजका उपाध्यक्ष राम प्रसाद लकान्द्रीले यो महापुरणाले विश्वकर्मा अछुत जाति नरहेको प्रमाण पेश गरेको बताए।
प्रकाशित: ७ फाल्गुन २०७८ ०६:३२ शनिबार