७ वैशाख २०८१ शुक्रबार
कला

हिरामोती जडेकै भए तापनि पाउजुलाई शिरमा सजाइँदैन

मुक्तक

गंगा आचार्य सापकोटा

  १) मुक्तक

हृदयमा मानवता जगाउन जानेनन्,

ऊसँग पनि एक मन छ भन्ने ठानेनन्।

उनैले अपेक्षा गर्छन् मबाट सम्मानको,

जसले मलाई कहिल्यै आफन्त मानेनन्।

  २) मुक्तक

झूट कुरा मात्रै खास हुन्छ,

सत्य बोल्दा बकवास हुन्छ।

बेइमानीहरूको बीचमा,

इमानीको उपहास हुन्छ।

  ३) मुक्तक

जब सुनौला स्वप्नहरू देख्न थाल्छ मान्छेले,

जस्तोसुकै होस् न परिस्थिति अँगाल्छ मान्छेले।

खालि मनभित्र इच्छाशक्ति हुनुपर्दछ,

लक्ष्य प्राप्तिका उपाय स्वय निकाल्छ मान्छेले।

  ४) मुक्तक

आस्था-भरोसा टुटाउनु हो,

आपसी दूरी बढाउनु हो।

स्वार्थ मौलिनु भनेको यहाँ,

भाइचारा नै हराउनु हो।

  ५) मुक्तक

नराम्रो कुरामा चित्त लगाइँदैन,

अर्काको काँध चढेर रमाइँदैन।

हिरामोती जडेकै भए तापनि,

पाउजुलाई शिरमा सजाइँदैन।

प्रकाशित: १३ माघ २०७८ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App