८ वैशाख २०८१ शनिबार
कला

परित्याग

लघुकथा

लता केसी

निकै भव्यताका साथ कार्यक्रम सञ्चालन भैरहेको थियो ‘जनताको सवाल’ विषयमा एकपछि अर्का धुरन्धर वक्ताहरू   विचारप्रवाह गरिरहेका थिए। उद्घोषकले पनि आफ्नो वाक् दक्षता प्रस्तुत गर्ने कुरामा कुनै कमी छाडेका थिएनन्। आखिर उनी पनि आफ्नो क्षेत्रका निकै दमदार वक्ता थिए।

सबैको पालो सकियो। लगभग २ घण्टापछि सभापतिले कार्यक्रम सफल भएको र विसर्जन गरेको घोषणा गरे। एकाएक खैलाबैला मच्चियो। व्यक्तिपिच्छेका तर्कहरू तँछाडमछाड गरेर प्रस्तुत हुन थाले। आधा श्रोता, दर्शकहरूले बाटो तताइसकेका थिए। एकजना पाका, अनुभवी मानिस कुर्सीबाट उठे र सबैलाई शान्त बस्न आग्रह गरे।

माइकको अगाडि गएर एउटा प्रश्न राखे, ‘म कार्यक्रमको प्रमुख अतिथि, आफ्नो विचार राख्ने अवसर नपाई कार्यक्रम सकिंदा त शान्त बसेको छु, तपाईहरू किन होहल्ला गर्दै हुनुहुन्छ?’

दर्शकदीर्घाबाट आवाज आयो, ‘आखिर किन, कारण चाहियो?’

एकजना आधिकारिक मान्छे आए। अलि आक्रोशित स्वरमा भने, ‘हामीले निम्तो गर्दा उहाँ हाम्रा पक्षको मान्छे हुनुहुन्थ्यो तर अहिले विपक्षीको पो हुनुभएछ त, हामी के गरौं?’

प्रकाशित: ९ माघ २०७८ ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App