coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सचेत

लघुकथा

अनुग्रह राना मगर ‘पुष्प’

फुलमायाको घरभन्दा अलिकमाथि छिमेकी साहिंलीको भट्टी पसल थियो।  समाजको नजरमा  नराम्रो काम भए पनि, त्यही भट्टीको सहारामा साहिंलीको जीवन चर्या चल्दथ्यो।

एकदिन माने र साने सोम रसपानमा डुब्दै थियो। केहीछिनमा झगडा  हुन थाल्यो। भनाभन हुँदाहुँदै सानेले दाउराको चिर्पट टिपेर मानेको टाउकोमा हान्यो। माने ठाउँको  ठाउँ ढल्यो। हल्लाखल्ला भयो। सबै गाउँले भेला भए तर माने सधैंका लागि ढलेको ढल्यै भए। यो खबर सुनेर फुलमाया पनि दौडिंदै पुगिन्। मानेको लासलाई देखेर भावविह्वल भइन्।

विचरा फुलमाया बनीबुतो गरेर दुःखसुख घर चलाउँथिन्। पिउने   बानी   भए   पनि  एउटा सहारा सोच्थिन् आफ्नो पतिलाई।  आज   एक्लै   छिन्। समयसँग  घुलमिल हुँदाहुँदै आज पाँच वर्ष भएछ श्रीमान् बितेको पनि। त्यो बेला सविन पाँच वर्षको थियो। अहिले  दश वर्षको भयो। श्रीमानको सम्झना गरी मनको पीर–व्यथा भुलाउने त्यहीं बुवाको कपी छोराको अनुहारबाहेक अरू कोही थिएन।

छोरा पनि त्यही बाटामा लागेर बुवाको व्यवहार दोहोर्‍याउँछ कि भन्ने डरले  सधैं मन पिरोलिरहन्थ्यो फुलमायाको। कताकता बुवाको हत्या  कसरी भयो भन्ने छोराको प्रश्नले उनी झस्किन्थिन् अनि त्यहीं  साहिंलीको भट्टीतिर नियाल्न पुग्थिन्। मनभरिको  पीडा  बोकेर   छोरालाई  भट्टीतिर देखाउँदै भन्थिन्, ‘बाबू, त्यहाँ कहिल्यै नजानु है!’

प्रकाशित: ६ माघ २०७८ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App