१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

शानको 'नशा' सार्वजनिक

गायक तथा संगीतकार शान भुसालको “नशा” बोलको गीत सार्वजनिक भएको छ। हाल अमेरिकामा रहेका गायक भुसालको सो गीत लुसेन्ट फिल्मको ब्यानरमा बनेको गीतमा भुसालको शब्द संगीत रहेको छ। यस्तै भारतीय गायक अनुग्रह विष्टको स्वर रहेको छ।

सनीरको ब्याकराउण्ड म्युजिक रहेको उक्त म्युजिक भिडियोको निर्देशन बिकास बराइलीले गरेका हुन्। भिडियो अमेरिकास्थित टेक्ससको डालस, हिक्कोमा सुटिङ भएको भुसालले जानकारी दिए। म्यूजिक भिडियोलाई गायक भुसालले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन्। गीतमा अमेरिकी रंग एवं सिने अभिनेता जोर्ज आटेरो, एलेक्जेन्ड्रिया पास्कुसी, कलाकारहरु दिपेश आचार्य अंकित शर्मा आदीको अभिनय देख्न सकिन्छ।

गीतको अडियो रेकर्डिङ मुम्बइ स्थित बिबिजे स्टुडियोमा रेकर्ड भएको हो भने वाद्यवादन र मिक्सिङ काठमाडौंको गुञ्जन रेकर्डिङमा कृष्णकुमार महर्जनले गरेका हुन्।

प्रकाशित: २ माघ २०७८ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App