८ वैशाख २०८१ शनिबार
कला

पोषण पाण्डेको उनानब्बौं जन्मजयन्ती

२०७८ माग १ गते वरिष्ठ साहित्यकार पोषण पाण्डेको उनानब्बौं जन्मजयन्ती सम्पन्न भएको छ।

पोषण पाण्डेको नाममा स्थापना भएको पोषण पाण्डे तीर्थ सदनले दोस्रो वर्षमा प्रवेश गरेको सन्दर्भ पारेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सरकारी विद्यालयमा कार्यक्रम मनाइयो।

व्यापक रूपमा कोरोनाको तेस्रो लहर फैलिइरहेको भए पनि ललितपुरको  पुरानो सरकारी विद्यालय श्री चोयना विणा गुरु गणेश आधारभूत विद्यालयमा सीमित विद्यार्थीमाझ कार्यक्रम सम्पन्न गरियो। पोषण पाण्डेको यसै वर्ष प्रकाशित ‘मेरी नैनी’ कविता संग्रहका केही कविता केही विद्यार्थीले सुनाएका थिए।

कार्यक्रमकै सिलसिलामा उक्त  विद्यालयमा पुस्तकालय सञ्चालन गर्न ५० थान पुस्तक सदनको तर्फबाट  सदन सदस्य प्रतिनिधि विमलराज पाण्डेले प्रधानाध्यापक भीमप्रसाद गेलाललाई अर्पण गरे।

पुस्तकालय स्थापना गर्न प्रोत्साहनस्वरूप सदनबाट भएको यस योगदानले ८ कक्षासम्म पढाइ हुने उक्त विद्यालयका सय जना विद्यार्थी लाभान्वित हुने प्रधानाध्यापक गेलालले बताउँदै सदनप्रति विद्यालय परिवार कृतज्ञ रहेको बताए।

पोषण पाण्डे तीर्थ सदनको अध्यक्षता वरिष्ठ साहित्यकार विजय चालिसेले गरेका थिए।

प्रकाशित: १ माघ २०७८ ०७:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App