१६ चैत्र २०८० शुक्रबार
कला

सबैको रोजाइमा पर्ने

गजल

समीर दाहाल 

हो म गले जस्तो देखिन्छु अचेल तर थाकेको मान्छे होइन म,

तिम्रो जरुरत महसुस नगराऊ मलाई फाकेको मान्छे होइन म।

धेरै नै मान्छेको भिड जम्मा पार्ने हैसियत नै छैन मेरो त,

सबैको रोजाइमा पर्ने तिम्लाई जस्तो ताकेको मान्छे होइन म।

एक्लै नै केही हिँड्दा समय लाग्छ साथी जिन्दगी बनाउन,

बोकेर ल्याइदिएर कुर्सीमा बसेको भरमा हाकेको मान्छे होइन म।

जहाँ मन खुसी भई रमाउँछ त्यही नै पुग्ने बानी छ मेरो,

पत्र पठाईपठाई तिम्लाइ जस्तो डाकेको मान्छे होइन म।

प्रकाशित: १ माघ २०७८ ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App