७ वैशाख २०८१ शुक्रबार
कला

अहिले संसारमा कोही पराया–अपरिचित छैनन्

कोरोना महामारी सुरु भएको दुई वर्ष भइसकेको छ। तत्काल केही गर्नुपर्छ भन्ने भावना सर्वत्र बढेको छ। मुम्बईबाहिर रहेको कल्वा ट्राफिक जंकसनमा हुँदा सन् २०२० को अप्रिलमा मलाई सहयोगको याचनासहित फोन आयो।

त्यतिबेला कोभिड–१९ को तीव्र फैलावटले आक्रान्त मुम्बईका हजारौँ मानिस भाइरसबाट बच्न आफ्नै थातथलोतिर फर्कने क्रम जारी थियो।

मलाई थाहा थियो, म अब पहिलाको जस्तो हुन सक्दिनँ। मैले मेरो किताबमा भनेको छु, म मसिहा होइन। म त्यो कुरा दोहोर्‍याउन चाहन्छु। फिल्मी दुनियाँको स्टारको नाताले मैले पाएको प्रशंसामा मात्र म सीमित भएको भए मेरो जीवन कति खोक्रो हुन्थ्यो भन्ने कल्पना गर्दा पनि म कम्पित हुन्छु।

भाग्यले मलाई यो फिल्मी दुनियाँको स्टारडमबाट बाहिर गन्तव्य खोज्न प्रेरित गरेझैँ लाग्छ। वास्तवमा, मैले फिल्मी क्षेत्रको स्टारडममार्फत प्राप्त शक्तिलाई आमहितका लागि प्रयोग गर्ने अवसर पाएको छु। मलाई अरूलाई दिनमा अत्यधिक आनन्द आउँछ।

मैले यसो भनिरहँदा मलाई के थाहा छ भने यो शब्दमा व्यक्त गर्न नसकिने अवर्णनीय भावना हो। मैले यसअघि परोपकारी कार्य गरे पनि धेरै काम अझै गर्न बाँकी भएकाले ती अझै फिका थिए। मलाई हरेक दिन मेडिकल, शिक्षा, मानवता तथा मानसिक स्वास्थ्यका विषयमा सहयोग गर्न सयौं फोन आउँछन्। यो सूची अझ लामो छ।

के मैले हरेकलाई सहयोग गर्न सकेको छु त? छैन। तर, मैले सकेसम्म सहयोग गर्ने प्रयत्न गर्छु। यस प्रसंगमा सम्मानित व्यक्तिले पनि बहाना बनाउने गरेको संस्मरण मलाई लगातार आइरहन्छ।

यो विषयमा चाखलाग्दो कुरा के हो भने कुनै अपरिचित–परायालाई सहयोग गर्न अर्काे परायालाई फोन गर्नुपर्दैन। मलाई अहिले कसैलाई फोन गर्नमा कुनै झन्झट छैन। मसँग सहयोग माग्नेहरू मैले कहिल्यै नभेटेका मानिस हुन्।

यसैगरी सहयोगका लागि फोन गर्नेमा मेरोभन्दा राम्रो कनेक्सन भएका डाक्टर, कलेज प्रिन्सिपल, डिप्लोम्याट अथवा अन्य व्यक्ति पनि सबै अपरिचित हुन्। तर अनुरोधको तात्कालिकता यति धेरै हुन्छ कि यो व्यक्तिसँग सम्बन्धित हुँदैन।

दुई पक्षबीचमा रहेर काम गर्न मलाई कुनै समस्या छैन। अकस्मात, अहिलेको संसारमा कोही अपरिचित अथवा पराया छैनन्। केही सहयोग गर्न चाहने हामी सहयोगको आवश्यकता भएकासँग जोडिन सक्छौँ र जीवनलाई सहज पार्न सक्छौँ।

(लेखक सोनु सुद बलिउड अभिनेता, मोडेल तथा फिल्म प्रोडुसर हुन्। उनले सोनु सुद फाउन्डेसन स्थापना गरेका छन्।)

(टाइम्स अफ इन्डिया)

 

प्रकाशित: १ माघ २०७८ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App