भिम राई ( माक्पाली कान्छा)
डुबी जाने घामको पनि आशा लाग्दो रहेछ,
छाडी जाने मनको पनि माया लाग्दो रहेछ।
धर्ती सारा देखाएर, पत्थरलाई पगालेर,
मायाप्रेम जगाएर, आँसुहरू सँगालेर।
घुमी जाने प्रितको पनि आशा लाग्दो रहेछ,
छाडी जाने हितको पनि माया लाग्दो रहेछ।
आफूलाई बिर्साएर, अरूलाई सम्झाएर,
रुवाई–रुवाई हिँडाएर, त्यसै–त्यसै तड्पाएर।
झरी जाने शीतको पनि आशा लाग्दो रहेछ,
बिर्सी जाने गीतको पनि माया लाग्दो रहेछ।
प्रकाशित: २९ पुस २०७८ ०३:४२ बिहीबार