coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

मिस स्टेट १ को ताज श्वेतालाई

कोरोना संक्रमणको कारण लामो समयदेखि हुन नसकेको सौन्दर्य र गायन प्रतियोगिता पुनः आयोजना हुन थालेको छ। शनिबार राति धरान ८ स्थित सभागृहमा ‘मिस स्टेट १’ को तेस्रो संस्करण र पूर्वाञ्चल सिंगिङ स्टारको ८ औं संस्करण सम्पन्न भएको छ।

पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको मिस स्टेट १ को उपाधि धरान ११ की श्वेता भुजेलले जितेकी छिन्। ग्राण्ड फेनालीमा अन्य प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दै उनले ताज पहिरिएकी हुन्।

ताजसँगै श्वेताले हिरो होण्डाको डियो स्कुटर पनि पाइन् भने बिबिएस र नेपाल एयरहोस्टेज काठमाडौंमा एयरहोस्टेज अध्ययनको लागि पुर्ण छात्रवृत्ति पनि पाएकी छिन्। उनले मिस पर्सनालिटीको सवटाइटल पनि जितिन्। उनलाई दोस्रो संस्करणकी विजेता रजनी तुम्सा लिम्बूले ताज पहिराइदिएकी थिइन्।

यसैगरि, मोरङको सुन्दरहरैंचा–६, गछियाकी सविना राई फस्ट रनरअप बनिन्। उनले ताजसँगै नगद ५० हजार हात पारिन् भने एयरहोस्टेज अध्ययनमा ५० प्रतिशत छात्रवृत्ति पनि पाइन्। यस्तै, डाँडाबजार धनकुटाकी लेस्ली लिम्बू सेकेण्ड रनरअप बनिन्। 

उनले ताजसँगै २५ हजार रूपैयाँ र एयरहोस्टेज अध्ययनको लागि २५ प्रतिशत छात्रवृत्ति पाएकी छिन्। अन्य सवटाइटलतर्फ मिस ट्यालेन्ट सविना राई, मिस चार्मिङ मिश्रा राई, मिस एक्टिभ अम्विका राई, मोष्ट ट्यालेन्ट दुर्गा श्रेष्ठ, मिस वेष्ट स्माइल जमुना लिम्बू, मोष्ट ब्युटीफुल झरना लिम्बू, वेष्ट क्वाटवाक रचना लिम्बू घोषित भए। मिस स्टेट १ को निर्णायकमा प्रदेश १ चलचित्र महासंघका अध्यक्ष अरूणकुमार प्रधान,मिस पूर्वेली सुपर मोडल २०१५ की विजेता सुम्निमा खापुङ, गायक तथा सञ्चाकर्मी तम्पशेर राई रहेका थिए।

उदयपुरका अर्जुन भए सिंगिङ स्टार  

पूर्वाञ्चल सिंगिङ स्टार सिजन ८ को विजेता उदयपुरका अर्जुन राई भए। मिस स्टेट १ सँगै आयोजना भएको गायन प्रतियोगितामा उनले उपाधि ट्रफीसँगै नगद ५० हजार हात पारेका छन्। साथै, उनलेउनले एउटा गिटार पुरस्कार पाए भने२ ओटा गीत रेकर्ड, एउटा म्युजिक भिडियो, १ वर्ष निःशुल्क म्युजिक कोर्ष पनि पाएका छन्।

गायनमा धरानकी निषा खपांगी दोस्रो भइन्। उनले नगद २५ हजारसहित एउटा गीत रेकर्ड, ६ महिना निःशुल्क संगीत कोर्ष र गिटार हात पारिन्। तेस्रो भएकी मोरङकी अनुष्का ढकालले नगद १५ हजार रूपैयाँ, एउटा गीत रेकर्ड, ६ महिना निःशुल्क संगीत कोर्ष र एउटा गिटार पुरस्कार पाइन्।

वेस्ट भोकलको पुरस्कार धरानका रिजन लोहनी, वेष्ट डिसिप्लिनमा बविता गुरुङ, वेष्ट पब्लिक च्वाइसमा अजुमा राईले पुरस्कार पाए। गायनतर्फको निर्णायकमा गायक विशाल राई र मनोज मोते रहेका थिए। सोही कार्यक्रममा आयोजकलेसञ्चारकर्मी देविका चाम्लिङलाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ। आयोजक केन्द्रका अध्यक्ष भक्तिराज राईले उनलाई नगद ५ हजार ५१ रूपैयाँ र सम्मानपत्र प्रदान गरेका थिए।

प्रकाशित: २० मंसिर २०७८ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App