६ माघ २०७८ बिहीबार
कला

राष्ट्रिय कविता महोत्सवमा खतिवडा भए प्रथम

कवि विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित ३० औं राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका कवि गणेश खतिवडाले प्रथम पुरस्कार हात पारेका छन्।

धरान १८ स्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा आइतबार आयोजित प्रतियोगितात्मक ३० औं राष्ट्रिय कविता महोत्सवमा खतिवडाको मृत्तिकाको सुगन्ध शिर्षकको कविताले प्रथम पुरस्कार जितेको हो। उनले पुरस्कार स्वरुप नगद २१ हजार र प्रमाण पत्र पनि हात पारे।

यस्तै, झापाका कवि प्रकाश निरौलाको गाउँका कविता शिर्षकको कविताले दोस्रो पुरस्कार पायो। उनले नगद १७ हजार र प्रमाण पत्र हात पारे। यसैगरि, खोटाङका कवि मुकुन्दकृष्ण थापाको राहदानीको विलौना शिर्षकको कविताले तेस्रो पुरस्कार पायो। उनले नगद ११ हजार  र प्रमाण पत्र पाए।

प्रतियोगितात्मक कविता महोत्सवमा उदयपुरकी कवियित्री सुमित्रा पोखरेल र मोरङ केराबारीका कवि नगेन्द्र सुवेदीले सान्त्वना पुरस्कार पाए। पोखरेलले प्रिय परदेशी शिर्षकको कविता वाचन गरेकी थिइन् भने सुवेदीको भोक, सपना र सत्ता शिर्षकको कविता थियो। दुवैले जनही नगद ५ हजार र प्रमाणपत्र पाए।

महोत्सवमा देश विदेशबाट प्राप्त भएका कविताहरु मध्ये उत्कृष्ट १० कविता छनौट गरेर शनिबार वाचन गरिएको थियो।

साहित्यकार डा.गोपालप्रसाद भण्डारी संयोजक रहेको निर्णायक मण्डलले वाचन गरिएका १० कविताबाट प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार घोषणा गरिएको हो। पुरस्कृत कवि, कवियित्रीहरुलाई पुस्तकालयका अध्यक्ष एवं कवि विमलका बुबा पुर्णबहादुर गुरुङ, प्रमुख अतिथि एवं मेयर तिलक राईलगायतले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: १९ मंसिर २०७८ १८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App