१५ मंसिर २०७८ बुधबार
कला

तुँवाले आश

कविता

केशवप्रसाद पौडेल

यो आकाश मेरै हो

यसैको शिरकले

ओढ्नका लागि

जत्ति पुग्छ मलाई

यो धर्ती मेरै हो

यसैको डस्‍नाले ओछ्याउना

जत्ति पुग्छ मलाई

मलाई पुग्‍ने सबै

यही धर्तीले दिएकै छ

बाँकी केही कमाउनु छैन मलाई

बस

भएको

नगुमे मात्रै पुग्छ

थपिएको

नघटे मात्रै पुग्छ

दिन र दशा त समय न हो

मात्र विपरीत दिशामा नकुदिदिए पुग्छ

आफ्‍नै गतिमा कुदिदिए पुग्‍छ

शत्रु र  मित्र त संघर्ष न हुन

खालि व्यवहार मानवीय भए पुग्छ

भएकै मानव देखिए पुग्छ

भएकै संगत रहिदिए पुग्छ।

प्रकाशित: ९ मंसिर २०७८ १०:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App