coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गुराँस

कविता

छायादत्त न्यौपाने ‘बगर’

 

तिमी बाँचेको जीवनसँग

मानव छ भने निमोठेर फाल

पर फाल

सँगै हुर्केको दानव

तिमी बाँचेको जीवनसँग

मन छ भने उधिनेर फाल

पर फाल

सँगै हुर्केको म

तिमी बाँचेको जीवनसँग

फूल छ भने उखेलेर फाल

पर फाल

सँगै हुर्केको झार

अनि

अनि पो बल्ल  

सिंगो गुराँस फक्रिन पाउँछ!

प्रकाशित: ८ मंसिर २०७८ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App