५ वैशाख २०८१ बुधबार
कला

सहयोग

लघुकथा

विनोद नेपाल

लामो समयपछिको भेटमा पनि रमाउन नसकेको महसुस गरेपछि साथीहरूले उसलाई सोधे,‘किन, के भो, निकै अत्तालिएका छौ नि?’

सम्हालिन खोज्दै थियो तर उसको अनुहारले ऊभित्रको छटपटी दर्शाइरहेको थियो।

साथीहरूले फेरि खोतले, ‘भन न यार,के भ?’

–केही होइन। मन मिल्ने साथीहरू यसरी भेटिँदा मलाई असाध्य खुसी लागेको छ। म खुसीले गद्गद् छु। आफैंलाई सम्हाल्न सकिरहेको छैन।

–बरु भन न के थपूँ?

यसपछि उनीहरूलाई झन् सहज भयो।

साथीको रेस्टुरेन्टमा आएका साथीहरू रुचिअनुसारका परिकारको स्वाद लिएर सन्तुष्टि डकार्दै बाहिर निस्कने बेला हात मिलाउँदै भने, ‘हामीबाट केही सहयोग चाहिए अप्ठ्यारो नमानी भन्नु है।’

उसले अनुहारमा कृत्रिम मुस्कान भर्दै मुन्टो हल्लाउँदै उनीहरूको बिदाइ गर्‍यो र साथीहरूको स्वागतमा भएको क्षतिपूर्ति गर्ने उपाय खोज्न थाल्यो।

प्रकाशित: ८ मंसिर २०७८ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App