coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

मृत्यु

लघुकथा

नारायण कोइराला

प्रश्न तेर्सियो। म एकछिन सोचें, कस्तो प्रश्न हो यो? के भनूँ, के नभनूँ। उत्तर नै नभएको त होइन। वास्तविक उत्तर के हो भनेर अल्झिएँ। केही उत्तर रोजें।

–धन कमाउने हो?

उत्तर आयो– होइन!

–इज्जत कमाउनु हो?

–फेरि उत्तर आयो – होइन।

– मानसम्मान पाउनु हो?

यो पनि होइन।

– के मर्न जानु हो त?

–होइन–होइन।

चारओटा अप्सन पनि फेल खाएपछि मेरो मस्तिष्क तात्दै थियो तर म शान्त बस्ने कोसिस गरे। फेरि एकपल्ट प्रश्न दोहोर्‍याउन भने–जन्मेपछि सबैले मान्नु नै पर्ने ध्रुवसत्य कुरा के हो?

फेरि उत्तर दिए।

– अनुशासन।

– धैर्य।

– आत्मविश्वास।

– भरोसा

उही जवाफ होइन–होइन। जन्म दिनको दिन मस्तिष्क नतताऊँ भनेको त्यस्तो भएन। तात्तिदैं सोधे के त?

–मृत्यु ।

प्रकाशित: ७ मंसिर २०७८ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App