१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

धुम्बाराही

सोनाम सज्जन किराँती

 

नमिठो सपना बोकेर  

अनिदो बकवास रात

अचेल धुम्बराहीबाट  

उडिरहेछ

कहिले नेपाल फाल्छ

त्यसपछि गौतम निकाल्छ

अनि बाँकी रावलहरू छन्

पत्तासाफ पार्न

कठै लाग्छ  

यो नमिल्दोपनसँग बाँचेर  

मरेको पोस्टरहरू देख्दा झन्

कुहिरोमा हराएका कैयौं कागका बथान

चोइटिरहेझैं लाग्छ

विनाशका बाटाहरू अँगालेर

मेरो शुभकामना छ

उनको शुभेच्छुकहरूद्वारा लिखित

यो पत्रमार्फत

बाका शुद्धि फर्कियून्

र हँसिया– हथौडाको इज्जत बढाउन

यही मंगलमय इच्छा देख्नु छ

होइन भने ऊ बाको आलोचना हुनेछ

गल्ती गर्नेलाई सुँगुरलाईझै खुइल्याइनेछ

चाहिँदैन बकवास देशको विकास

पहिले बचाउ विनाश हुनबाट।

प्रकाशित: ६ मंसिर २०७८ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App