७ वैशाख २०८१ शुक्रबार
कला

संगीतको सम्वर्द्धनका लागि भक्तपुरमा रागरागिनीको शुभारम्भ

रागरागिनी इन्टरटेन्मेन्ट प्रालि.को एक कार्यक्रमबीच शुभारम्भ भएको छ। चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापा तथा नेकपाका नेता निर्मल भट्टराईले सो प्रालिको उद्घाटन गरेका हुन्।

संगीत र मनोरञ्जनको क्षेत्रमा काम गर्ने संस्थाको रुपमा आएको रागरागिनीले भक्तपुरमा आयोजना हुने विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमको व्वस्थापन गर्ने प्रालिका प्रमुख कार्यकारी निर्देशक तथा गायक कपिल कसपालले बताए।

कार्यक्रममा मेयर मिश्रले गायक कपिल कसपालले भक्तपुरको सांगितिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उद्घाटन भएको प्रालिले संगीतको सम्वर्द्धनमा थप टेवा पुग्ने बताए।

सूर्यविनायक नगरपालिकाका मेयर थापाले गीत, संगीतका लागि नगरपालिकाको तर्फबाट सहयोग हुने आश्वासन दिए। कार्यक्रममा रागरागिनीको गतिविधि तथा उद्देश्यबारे जानकारी दिँदै प्रालिका निर्देशक कसपालले प्रालिको योजना सुनाएका थिए।

कार्यक्रममा  रागरागिनीका अध्यक्ष पार्बती श्रेष्ठ तथा सुर्यमाया कसपालले पूजा तथा टीका प्रसाद लगाइ दिएका थिए।

प्रकाशित: २४ कार्तिक २०७८ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App