७ वैशाख २०८१ शुक्रबार
कला

शाहरुख खान र अनन्याको घरमा एनसीबीको छापा

नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले बिहीबार बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मारेको छ। एनसीबीले शाहरुख खानको घरमा छापा मार्नुअघि अभिनेता चंकी पाण्डेकी छोरी अनन्याको घरमा छापा मारेको थियो। एनसीबीले अनन्या पाण्डेलाई आज २ बजे सोधपुछका लागि समेत बोलाएको छ।

लागूऔषध मुद्दामा जमानत माग खारेजपछि शाहरुख छोरा आर्यनलाई भेट्न मुम्बईको आर्थर रोड जेल पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शाहरुख खान र उनका छोरा आर्यनबीच १८ मिनेट भेटघाट भएको थियो। तर जेल प्रशासनको नियमअनुसार १० मिनेट मात्र भेट्न पाइन्छ।

प्रकाशित: ४ कार्तिक २०७८ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App