७ वैशाख २०८१ शुक्रबार
कला

आजभोलि लाग्छ किन सारा संसार बिरानो

गीत

दुर्गा वनवासी

 

आजभोलि लाग्छ किन सारा संसार बिरानो,

शायद बल्झेछ कि फेरि घाउ कुनै पुरानो।

मोह छैन, चाह छैन मरेछन् कि रहरहरू,  

शून्य लाग्छ छामी हेर्दा मनका गाउँ–शहरहरू।

खुशी–उमंगको मुटुभित्र कतै वास छैन,

हाँसो ओठको फर्किएला– काहीँ, कुनै आश छैन।

भावनाको भुमरीमा एक्लै छोडिएँछु जस्तो,

एकान्तमा बग्न पाए पानीभन्दा आँसु सस्तो।

प्रकाशित: २ कार्तिक २०७८ ०६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App