coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

गङ्गा पौडेल कर्माचार्यका ‘कमिलाका कुरा’ र ‘काउकुती लाउने भूत’ प्रकाशित

पैतालिस वर्षदेखि बालसाहित्यमा कलम चलाउँदै आएकी लेखिका गङ्गा कर्माचार्य पौडेलको बालकथा संग्रह ‘कमिलाका कुरा र काउकुती लाउने भूत’ प्रकाशित भएको छ। उक्त कृतिमा राजकुमार प्रजापति र रुपक राईको चित्रले भरिएको छ। सर्जक गङगा कर्माचार्य पौडेलको बालकथा संग्रह बुक्स हिमालयले हालै बजारमा ल्याएको हो।

कविता, प्रौढ साहित्य, बाल उपन्यास, लघुकथा तथा इतिहास विधामा कलम चलाउँदै आएकी सर्जक पौडेलको सार्वजनिक पुस्तक उनन्तिसौं कृति हो।

सर्जक पौडेलको उक्त कृति विद्यालय तहका सबै बालबालिकाका लागि उपयोगी, बालमनोविज्ञानमा आधारित कथाहरू रमाइला र शिक्षामूलक छन्। सर्जक पौडेलको उक्त बालकथा संग्रहभित्र छछ वटा बालकथा समावेश छ।

बुक्स हिमालयले प्रकाशनमा ल्याएको २८ पृष्ठको ‘कमिलाका कुरा र काउकुती लाउने भूत’ को मूल्य उनान्सय रुपैयाँ तोकिएको छ।

प्रकाशित: १ कार्तिक २०७८ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App