७ वैशाख २०८१ शुक्रबार
कला

मनोज गजुरेलले गरे दोस्रो विवाह

हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार डोलेश्वर मन्दिरमा पुगेर विवाह गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका छन्। उनले भनेका छन्, 'जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो। त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो ।  

यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो। बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।  

सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई  यो सुखद जानकारी गराउछौँ कि हामीले आज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौँ। त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गरेका छौं।'

प्रकाशित: २५ आश्विन २०७८ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App