८ वैशाख २०८१ शनिबार
कला

गायिका बिष्णु माझीलाई सरकारद्वारा विभूषण प्रदान गरिँदै

नेपाली लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका बिष्णु माझी सरकारद्वारा विभुषणबाट सम्मानित हुने भएकी छिन्। माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको हो।

सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको हो। प्रबल जनसेवाश्री पदवीमा बिष्णु माझीको नाम समावेश रहेको छ।

सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ। उक्त विभुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने छ।  

गायिका माझीका गितहरु बाहिरिए पनि उनी गुमनाम जस्तै छिन्। पछिल्लो केहि समयदेखि बिष्णु माझीको धेरै खोजि भैरहेकै बेलामा यो सम्मान प्रदान गर्न लागिएको हो।

बिष्णु माझीको यस वर्ष आएको नयाँ गीत ‘चरी जेलैमा’ लाई तीजमा झन्डै २० दिनमै २ करोड दर्शकले हेरेका छन् जसले गर्दा बिष्णु माझीको व्यापक खोजी भइरहेको छ। कतिपयले माझीको जीवनसंग मेल खाएको गीत भन्दै टिप्पणी समेत गरेका छन्। उक्त गीतको शब्द भने उनका श्रीमान सुन्दरमणी अधिकारीले लेखेका हुन्। 

प्रकाशित: ३ आश्विन २०७८ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App