११ कार्तिक २०७८ बिहीबार
कला

नेपाली कला कार्यशालाको इतिवृत्ति

कला कार्यशालाको अवधारणा नेपालमा देखापर्न थालेको धेरै भएको छैन। समयावधिकै कुरा गर्दा यसले ३० वर्ष नाघेको छैन। बंगलादेशी र नेपाली कलाकार मिलेर नेपालको लुम्लेर सुन्दरीजलमा सन् १९९५ मा गरेको कला कार्यशालालाई प्रारम्भ बिन्दु मान्नुपर्ने हुन्छ। यी दुवैलाई कला कार्यशाला नै भनिएको थियो। 

त्यति वेला बंगलादेशी र नेपाली युवा कलाकारले बाह्य वातावरणमै एक अलग्ग प्रकारका कला सिर्जना गरेका थिए। यहाँ मूर्तिकलार चित्रकला संयुक्त रूपमा निर्माण भएका थिए। यसैबेला समसामियक कलाको नयाँ धारको सूत्रपात पनि भएको थियो। यसर्थ यो कलाको कार्यशालाले नेपालको समसामयिक कलाको इतिहासमा विशेष अर्थराख्छ। नेपाली समसामयिक कला र कलाकारमा पश्चिमी प्रभाव बढ्दै गएपछि यस्ता कला कार्यशालाको अभ्यास देखिन  आएको हो।

कलाको बाह्य स्वरूप परिवर्तन गर्ने कला इतिहासको परम्परासँगै कला निर्माणको स्वरूपमा र आम मान्छेसँग गाँसिने सोचमा विकास भएको देखिन्छ। यही परिवर्तित सोचका कारण कला कार्यशालाको अवधारणा दक्षिण पूर्व एसियामा फस्टाउन थाल्यो। यसअघि कल्पना (दृश्य नहेरी वा नदेखी)का आधारमा समाज र मान्छेको स्वरूप, आकृतिलाई संयोजन गर्ने प्रचलन थियो। त्यसमा आमूल परिवर्तन गर्दै वास्तविक र यथार्थ चित्रण गर्न कला कार्यशालाको सूत्रपात र विकास भएको देखिन्छ।

ओपेन एयर पेटिङ र कला वर्कसप

कलाकार रामानन्द जोशीले मुम्बईबाट कलाको अध्ययन गरी फर्केपछि (सन् १९६४ मा) नेपालमा ‘ओपन एयर पेन्टिङ’को शुभारम्भ गरेका थिए। यो एक कलाको मुभमेन्टजस्तै थियो। जहाँ कला स्टुडियोबाट बाहिर खुला आकाशमा कलाकार जलरंगी प्रभाववादी दृश्यचित्र अंकन गर्न जान्थे। कलाकारको हुलले गाउँघरको चारैतिर छरिएर खुला आकाशमा प्रकृतिलाई प्रत्यक्ष अवलोकन गरी कला बनाइरहेको दृश्य त्यति वेला अनौठो देखिन्थ्यो। 

गाउँभरिका मान्छे हरेकजसो कलाकारको वरिपरि झ्यामिएको देखिन्थ्यो। यसरी नेपाली कला हरेकको घरदैलोमा पुगेको थियो। यसले आम जनतामा कलामाथिको संचेतना पनि बढायो, कलाको बिक्री हुने क्रम यसबाट प्रशस्तै भएको देखिन्छ। यसवेला अवधारणगत रूपमा कलाकाररामानन्द जोशीले अगुवाइ गरेका थिए। अहिले आएर यस्ता कार्यक्रम गर्ने संस्था पनि दर्जनौँ छन्, सयौँ कलाकार यसै प्रक्रियामा कला सिर्जना गर्नरमाएको देखिन्छ। 

विशेषतः पर्यटन क्षेत्र (सहर, गाउँ, ठुल्ठूला होटलको परिसर, पर्यटक बजार)मा यसले आफ्नो पकड बलियो बनाएको छ। यसअघि भने नेपाली कलाकार घरभित्रै कला बनाउने गर्थे। एकान्त कुनामा यस्ता कला बनाउँदा बाहिरी समाजको तत्क्षणको प्रभाव पर्नुभन्दा कलाकारको शिल्प दक्षतामा बढी केन्द्रित हुने गथ्र्यो। यस्ता ‘स्टुडियो आर्ट’मा सामाजिक परम्परागत मूल्य–मान्यताको बढी प्रभाव हुने हुँदा कलाकार उन्मुक्त भएर भावाभिव्यक्तिमा कम अग्रसर भएको देखिन्थ्यो। यसकारण यसबखत कमिसन वर्कको बढी बोलबालारहेको देखिन्छ।  

यसवेला विशेषतःराजा–महाराजाका अतिराम्रा व्यक्तिचित्र बनेका छन्। यी सब कमिसन वर्क हुन्। यसबखत दृश्यचित्र पनि बनेका छन्। आउटडोर पेन्टिङर स्टुडियो आर्टमा शैलीगत रूपमा स्पष्ट भिन्नता देख्न सकिन्छ। आउटडोर पेन्टिङ प्रभाववादी अंकन पद्धतिर सिद्धान्तमा आधारित भएको देखिन्छ। स्टुडियो आर्ट शास्त्रीयता, यथार्थवादीर सौन्दर्यवादी सिद्धान्तर विशेषतामा आधारित भएर बन्ने गरेको देखिन्छ। 

जसकारण कलाकार एक्लै बसेर निर्माण गर्ने कलार समूहमा बसेर छलफल, चिन्तनमनन गरेर निर्माण गर्ने कलाको प्रक्रिया स्वभावतः नितान्त फरक देखिन्छ। यसैलाई सीमांकनका रूपमा पनि हेर्न सकिन्छ। कलाकार बन्द कोठाबाट बाहिर खुला आकाशमा आएर कला सिर्जना गर्ने सोचर अभ्यास कला वर्कसपमा मूल स्रोत हुन सक्छ।

नेपालमा सन् ७० को दशकको उत्तरकालमा ‘ओपन एयर पेन्टिङ’ बनाउने क्रममा प्रभाववादी जलरंग चित्र सिकाउने, बाहिर लगेर प्राक्टिकल अभ्यास गराउने, प्रतियोगिता पनि गर्ने कार्यक्रम पार्क ग्यालरीले गर्ने गर्थ्यो। यो कलाको ग्यालरी पनि रामानन्द जोशीले नै खोलेका हुन्। रामानन्द जोशीले अध्ययन गरेको कलाको स्कुल (जेजे स्कुल अफ आर्ट)मा अध्ययनकै क्रममा यस्ता आउटडोर पेन्टिङ अभ्यास गर्ने प्रचलन थियो।

 त्यसताका भारतमा प्रशस्तै मात्रामा यस्ता कला बनाउने गरिन्थ्यो। यस्तो कलाको वातावरणमा अध्ययन गरेर फर्केका रामानन्द जोशीले नेपालमा पनि यो परम्परालाई अगाडि बढाएको देखिन्छ। यसबखत यसै स्कुलमा अध्ययन गरिरहेका अन्य कलाकारले पनि प्रभाववादी दृश्यचित्रको अंकन गरेका छन्। रामानन्द जोशीले भने यसलाई संस्थागत रूपमै नेपालमा परिचित गराउँदा यो एक अलग्ग कलाको मोड देखापरेको हो।

कलाकार जम्मा भई समूहमा कला सिर्जना गर्ने परम्परा देखिए पनि यसैलाई कला कार्यशाला भन्न मिलेन। तथापि कलाकारहरू आफ्नो कला स्टुडियोबाट बाहिर आउनु, आमजनता, प्रकृतिर परिवेशसँग प्रत्यक्ष साक्षात्कार गर्नु– कला कार्यशालाबाट कहीँ न कहीँ प्रभावितरहेको आकलन गर्न सकिन्छ। ओपन एयर पेन्टिङ गर्ने परम्परा फैलिँदै जाँदा कलाकारलाई घुमघामको अवसर (स्वदेश तथा विदेश जाने अवसर) पनि मिल्न थाल्यो। त्यस्तै, कलाकारले आफूलाई परिचित गराउन, आम जनताबाट प्रशंसा पाउनर कलाको बिक्री बढाउन कलामा गहन अभ्यास गर्न थाले।

कार्यशालाको शुभारम्भ

सन् १९९५ को लुम्ले–सुन्दरीजल कला कार्यशालापछि स्पष्ट रूपमा कला कार्यशालाकै रूपमा देखिन आएको भनेको सन् २००० को उत्तरकालमा हो। यसबीच केही व्यक्तिगत प्रयास भए पनि औपचारिक रूपमा कला कार्यशाला भएको देखिँदैन। 

अनौपचारिक रूपमा २००२ को जुनमा ‘मनसुन हामोर्नी’र २००३ को डिसेम्बरमा ‘सूत्र’ कला संस्थाबाट औपचारिक रूपमा भएको ‘कक्सिङ द नेचर’ नामक कला कार्यशालालाई कला कार्यशालाको शुभारम्भ मान्नुपर्छ। यसबेला कलाको नयाँ प्रवृत्तिलाई दक्षिण एसियामै कला संस्थामार्फत विधिवत अभ्यास गर्ने हेतुले ‘सूत्र’को जन्म भएको थियो।

 यसै बेला भारत, बंगलादेशर श्रीलंकामा समेत यस्तै उद्देश्य र प्रकृतिका कला संस्था खुलेका थिए। सूत्रबाट भएको कार्यशाला केवल कला कार्यशालाको थालनी मात्र थिएन, समसामयिक अवस्थामाथि केन्द्रीभूत रही विश्वमा प्रचलनमा रहेको अत्याधुनिक कलाको प्रवृत्तिलाई नेपालमा प्रवेश गराउने काम पनि भएको मान्नुपर्छ। यस्तो प्रवृत्तिलाई नेपालमा प्रवेश गराउनु भनेको अहिले विश्वले प्रतिपादित गरेका समसामयिक कलाको मान्यताबारे संचेतना जगाउने सन्दर्भमा पनि हेर्न सकिन्छ।

विश्वमा समसामयिक कलाको विशेषतालाई हेर्ने, परख गर्ने र मान्यता दिने प्रक्रिया हामीले समसामयिक कलामाथि स्थापित गरेको मान्यताभन्दा केही अलग्ग छ। अहिले नेपालमा भनिएको उत्तरआधुनिक कला, यसका प्रवृत्ति र विशेषतालाई पश्चिमी समसामयिक कलाको नजिक राखेको देखिन्छ। अर्कोतर्फ कलामा वर्कसप राख्नु भनेकै पनि कलामा समसामयिक सोच हो।

कलाका विषय र शैली समेत कला कार्यशालामा फरक ढंगले आउन सक्छन्। कलाकारका आ–आफ्ना जस्तासुकै शैली भए पनि कार्यशालामा सहभागी भएपछि एक अलग्गै शैलीर प्रवृत्ति देखापर्ने गर्दथ्यो। जुन विश्वमा प्रचलनमारहेको समसामयिक कलाको खास विशेषता हो।

पछि सूत्रबाट थुप्रै कार्यशाला भए– जिनियस एट वर्क (२००४ मार्च), नन–आर्टिस्ट वर्कसप, उतिष्ठ (२००५ मार्च), नुगमिखा (२००४ जुन), पोखरा कलार्यशाला (२००६, जनवरी), पाटन दरबार स्क्वाएर दश प्लस एक (२००६ जुलाई) आदि हुन्। यसपछि सुरु भएको कला कार्यशालाको क्रम टुटेको देखिँदैन, अझ यसको गतिले तीव्र रूप लिएको देखिएको छ। तथापि यसपछि अन्य धेरै संघ–संस्थाले गरेका कार्यशालामा यस्ता नियम, पद्धतिर विशेष थिम लिने प्रचलन घट्दै आएको पाइन्छ।

कला कार्यशालाको अर्थ

कला कार्यशाला भन्नाले कलाकार एकै ठाउँमा बसेर कलाको निर्माण गर्ने भन्ने बुझिन्छ। विश्वको कला विकासको इतिहासलाई नियाल्दा कला कार्यशालाबारे आ–आफ्नै अर्थ निकालेको पाइन्छ। यता पछिल्लो कालमा आएर यसलाई प्रायः अनौपचारिक कला कक्षाको रूपमा लिने गरेको देखिन्छ। कला कार्यशाला, जहाँ प्राक्टिल रूपमा कला सिर्जना गर्न कलाकार सहभागी हुन्छन्। स्वभावतः कलाकारले एकअर्काका कला सिर्जना प्रक्रियालाई अवलोकन गर्ने, एकअर्काबाट सिक्ने वा प्रभावित हुने, कलाकारको कामलाई आम भावकले अवलोकन गरी कला बुझ्ने प्रक्रिया नै कार्यशालाको मूल ध्येय हो। 

कलाका औपचारिक अनौपचारिक स्कुलले पनि यस्ता कला कार्यशाला गर्छन्। बालबालिकाका लागि कला सिकाउने कला कोचिङ कक्षाले पनि अहिले कार्यशालाको लहर समातेको देखिन्छ। यसबाहेक एकै ठाउँमा बसी अनुकूल वातावरणमा नयाँ ढंगले सिर्जनात्मक कला निर्माण गर्ने परम्परा झाँगिन थालेको छ। 

यी सबै कला कार्यशाला मूूलतः गुणस्तरको कृति सिर्जना गर्नभन्दा कला सिर्जनाको वातावरण तयार गर्न, कलामा समसामयिकता ल्याउन, एक–अर्काबाट अरितिक रूपमा टेक्निक सिक्न–सिकाउन केन्द्रित देखिन्छ। विशेषतः युवा कलाकारको जमात यस्ता कला कार्यशालामा बढी देखिन्छन्। पाका कलाकारलाई पनि यसमा सम्माननार्थ सहभागी गराउने प्रचलन देखिन्छ।

कला कार्यशाला आम जनताको माझमा आयोजना हुने भएकाले यसलाई धेरैले नियाल्न सक्छन्। विशेष गरी सामाजिक मुद्दालाई लिएर हिँड्ने एनजियो, आइएनजियो र राजनीतिक क्षेत्रले बढी मात्रामा कला कार्यशाला गरेको देखिन्छ। यस्ता कार्यक्रमलाई आर्थिक सहयोग जुटाइदिएर अनेक विकासका थिम (सूचना प्रवाह गर्ने सन्दर्भ)मा कला निर्माण गरेको पनि देखिन्छ। 

तर, यस्ता कला कार्यशालामा कलाको अभिलेखन प्रक्रियालाई समावेश गरेको देखिँदैन। स्थापित कलाकारले कस्ता कला कति बनाए भन्ने हामीसँग केही अभिलेख छैन। यस्ता कला कार्यशालामा सिर्जना भएका कला कहाँ स्थायी रूपमा रहन्छन् वा फालिन्छन् भन्न कलाकारलाई नै थाहा हुँदैन। यसर्थ यो कला सिर्जना तत्क्षण आमभावकलाई प्रभाव पार्ने एक माध्यम मात्र हो कि भन्ने धेरैको बुझाइ छ। यसलाई नकार्न सकिँदैन। कसैलाई सहयोगार्थ गरिने यस्ता कला कार्यशालामा केही रकम कलाकारलाई पनि दिइन्छ। कार्यशालामा दिइने सानो रकम कलाको तुलनामा न्यायसंगत भने देखिँदैन।

कला कार्यशालालाई अनेक सामाजिक,राजनीतिक सन्देशलाई प्रवाह गर्ने थलोका रूपमा पनि बुझिन्छ। विशेषतःराजनीतिक व्यक्तित्वर सामाजिक कार्यकर्ता बढी संलग्न भएर आ–आफ्ना उद्देश्यलाई पूर्ति गर्न यस्ता कार्यक्रम गरेको पाइन्छ। जसमा राजनीतिकर सामाजिक मुद्दालाई नै अगाडि सारिएको हुन्छ। कला र कलाकारको उत्थान, अभिलेखन र समीक्षाका सन्दर्भमा भने यस्ता कार्यशाला कमजोर प्रतीत हुन्छन्।

यसो हुँदा यी कलाबाट आम जनतामा सन्देश प्रवाह हुने क्रम देखापरे पनि कलाकै विकास क्रममा भने ठोस सघाउ भएको देखिँदैन। कतै विशेष थिममा एकै ठाउँमा बसेर काम गर्ने, कतै रमाइलोका लागि बाहिर कतै गएर अलग्ग वातावरणमा कलाको निर्माण गर्ने आदि कार्यशाला भएको देखिन्छ। पछि यसैलाई अलग–अलग नाम दिन थालियो– कतै कार्यशाला, कतै सिम्पोजियम, कतै रेसिडेन्सियल आदि। 

आज इन्टरनेटमार्फत कलाकार भर्चुअल माध्यममा जोडिएर आ–आफ्नो घरबाटै कला कार्यशाला हुने गरेका छन्। यस्तै कला कार्यशालामा डेमो (सबैको अगाडि कला प्राक्टिकल रूपमै गरेर देखाउने) को प्रचलन पनि बढेर गएको देखिएको छ। यस्ता कार्यक्रम जलरंगी दृश्यचित्रमा बढी मात्रामा देखिन थालेको छ। हिजोआज यस्ता कला कार्यशालामा अर्को विशेषताका रूपमा स्थानीय व्यक्तित्वको ‘लाइफ प्रोट्रेट’ बनाउने प्रचलन पनि देखिएको छ।

विधागत कला कार्यशालाको विकास 

नेपालमा कला कार्यशालाले एउटा गति समाते पनि यसको तीव्र रूपमा विकास हुन थालेको सम्भवतः सन् २००५ देखि हो। जुन बेला  मूर्तिकार सक्रिय भएर मूर्तिकारकै मात्रै एक अलग्ग कला संस्था ‘आरम्भ’ खोलियो। यो आरम्भ नामक संस्थाको अगुवाइ मूर्तिकार ओम खत्रीले गरेका थिए। सन् २००० को शुभारम्भमा देखापरेको कला कार्यशालामा चित्रकला वा मूर्तिकलालाई अलग्ग विधामा छुट्ट्याउने उपक्रम गरिएको थिएन। त्यतिबेला चित्र वा मूर्ति नभनेर ‘काम’ भन्ने प्रचलन बस्यो। 

बरु यसलाई उपनाममा इन्स्टलेसन, साइट स्फेसिफिक वर्क, कन्सेप्चुल वा कटेन्टचुअल वर्क ल्यान्ड आर्ट, इन्टर्‍याक्टिभ आर्ट आदि भनिन थालियो। उत्तरआधुनिक कलालाई कामको रूपमा नामकरण गर्नेर व्याख्या–विश्लेषण गर्ने चलन छ, जहाँ अधिकांश मूर्तिकलाकै स्वरूपमा देखिएका कलालाई पनि मूर्तिकला भन्ने गरिँदैनथ्यो। सम्भवतः यसले मूर्तिकलाको एक अलग्ग क्षेत्र कुण्ठित भएको महसुस मूर्तिकारले गरेर समसामयिक मूर्तिकलाको एक अलग्गै संस्था खोले।

सन् २००५ मा यसै संस्थाको अगुवाइमा नेपालमा पहिलोपल्ट मूर्तिकलाकै मात्र ‘द  फर्स्ट नेसनल स्कल्पचर सिम्पोजियम’ विषयक मूर्तिकला कार्यशालाको आयोजना गरियो। विश्वभर प्रयोग हुने सिम्पोजयम शब्दको अर्थ लेखकले लेखेको निबन्ध संग्रह, विचार गोष्ठी वा एकै विषयमा गरिने छलफल भन्ने हुन्छ। सम्भवतः यस्ता वर्कसपमा कला सिर्जना मात्र नगरेर यसैमाथि चिन्तन मननर समीक्षा गर्ने भन्ने आशय यो शब्दले बोकेका भान हुन्छ। 

तथापि नेपालमा हुने गरेका यस्ता मूर्तिकलाको कार्यशालामा यसरी कलामाथिको समीक्षा गर्ने गरेको देखिँदैन। कुनै मात्र वर्कसप र कुनै सिम्पोजयमको नामकरणका रूपमा देखिए पनि दुवै खाले यस्ता कार्यशालामा कला विज्ञ वा कला समीक्षकलाई संलग्न गराएको देखिँदैन। विश्वमा स्थापित समसामयिक कलाको मान्यतालाई पछ्याउँदै सूत्रले विधिवत रूपमा ‘उतिष्ठ’ भन्ने कार्यशालामा विज्ञ कला समीक्षकलाई संलग्न गराएको थियो। बिस्तारै यी कुरा हराउँदै गएको देखिन्छ।

यसपछि ‘हार्मोनी स्पोजियम–२००६’,  ‘इन्टर्‍याक्टिभ थ्रिडी स्कल्पचर वर्कसप–२०११’, ‘रेसिडेन्सियल स्कल्पचर वर्कसप–२०१२’, ‘मेटल कास्टिङ वर्कसप–२०१२’, ‘रेसिडेन्सियल सेरामिक स्कल्पचर एन्ड वर्कसप–२०१३’, ‘पिस एन्ड फ्रेन्डसिप इन्टरनेसनल स्कल्पचर सिम्पोजियम–२०१३’, ‘युनिटी इन्टरनेसनल स्कल्पचर सिम्पोजियम–२०१६’, ‘रूपान्तरण नेसनल स्टोन स्कल्पचर वर्कसप–२०१५’, ‘कीर्ति, स्टोन स्कल्पचर वर्कसप–२०१९’, ‘सिर्जना वुड स्कल्पचर वर्कसप–२०७५’ आदि कार्यशाला भए। यसपछि पनि मूर्तिकलाका वर्कसप भएका छन्।

चित्रकला वर्कसपभन्दा मूर्तिकलाको वर्कसप कम भएका छन्। मूर्तिकला कार्यशालामा झन्डै १५ देखि २० दिनसम्म एकै ठाउँमा बसेर मूर्तिकारले घनर छिनो चलाएर कला बनाउने गर्छन्। यसर्थ यो खर्चालुर कठिन कार्य हो। यसर्थ यस्ता मूर्तिकलाको कार्यशालामा स्थानीय सरकारको समन्वय वा कुनै संस्थाको चाँजोपाँजोमा भएको देखिन्छ। 

यसको उद्देश्य पर्यटन विकास पनि हुने गरेको छ। विशेष योजना र ठूलोरकमको बन्दोबस्त हुन नसक्दा बनाइसकेका मूर्तिको संरक्षण भएको देखिँदैन। अधिकांश ठाउँमा यस्ता ढुंगाका मूर्ति जताततै फालिएको अवस्थामा देखिएका छन्। यस्ता कामलाई व्यवस्थित गर्न सकिँदैन भने किन र केका लागि यतिविघ्न खर्च गरेर यस्ता मूर्तिकला वर्कसपको आयोजना गरिँदैछ भन्ने बहस पनि अहिले चल्न थालेको छ।

चित्रकलाको थुप्रै वर्कसप भए, जसलाई यहाँ उल्लेख गरेर साध्य छैन। बरु यसका प्रकारलाई यहाँ उल्लेख गर्न सान्दर्भिक हुन्छ।  

०६२/६३ को लोकतन्त्रको आन्दोलनताका आन्दोलनका घाइतेको सहयोगार्थ गोंगबुको खुला सडकमा सयौँ कलाकारबाट स–साना क्यानभासमा कलाको निर्माण गर्ने कार्यशाला गरिएको थियो। जसमाथि कविहरूले कविता पनि कोरे। यस  बेलाका यी जम्मै चित्र तत्कालै बिक्री भएका थिए। यसैताका गुरुकुल (नाटकको संस्था)को प्रांगणमा आन्दोलनकै सहयोगार्थ कला कार्यशाला भएको थियो। 

साहित्यकारबाट कविता वाचनर नाटककारबाट नाटक भए। सर्वनाम (नाट्य संस्था)ले देशभर स्थानीय कलाकार बटुलेर उनीहरूबाट नाटक देखाइसकेपछि यसको प्रभावमा कला बनाउने कला कार्यशाला गर्‍यो। नुमाफुङ (सिनेमा ) कलाकारलाई हेर्न लगाएर आफूलाई परेको प्रभावबाट सिनेमा हलमै चित्र निर्माण गर्न लगाउने चित्रकला कार्यशाला पनि गरियो। बाढीपीडितको सहयोगार्थ बीच सडकमा कलाको कार्यशाला गरी चित्रको निर्माण गरियो। पर्यटनको सहयोगार्थ गाउँगाउँमा गएर चित्रकला कार्यशाला पनि भए। वन्यजीवको संरक्षण हेतु पनि कला कार्यशाला भएका छन्। यसरी अनगिन्ती रूपमा चित्रकलाको वर्कसप भएका छन्।

पछिल्लोकालमा आएर मूर्तिकलाको एक अलग्ग कार्यशाला भएझैँ पर्फर्मेन्स कलाकै मात्र वर्कसप भए। प्रिन्ट मेकिङ कलाकारले प्रिन्ट मेकिङ कलाकै मात्र वर्कसप गरे। जलरंगी दृश्यचित्र कलाको मात्रै यस्ता थुप्रै कार्यशाला भएका छन्। सिद्धार्थ कला दीर्घाले ढोका कला भनेर पुराना काठका ढोकार खापामाथि कला पोत्न लगाई यसैमाथि साहित्यकारलाई कविता कोर्न लगाएर वर्कसप गर्‍यो। 

लोक कलाकारले एक अलग्गै लोककलाको कला कार्यशाला गरे। नेपाली परम्परागत पौभा कलालाई अनकन्टार गाउँघरमा लगी त्यहाँका कलाकारलाई यस्ता कला बनाउन सिकाउने हेतुले कार्यशाला गरिएको थियो। क्यानभास कसरी बनाउने भनेर पनि कार्यशाला आयोजना भएका छन्। इन्स्टलेसनर पर्फर्मेन्स कलाको पनि प्रशस्तै रूपमा कार्यशालाको आयोजना गरियो। सामाजिक सवाललाई लिएर दर्जनौँ कला कार्यशाला भए। कला कार्यशाला हुन थालेपछि कला आमभावकसम्म पुगेको छ।  

(मल्ल कलाकार र कला समीक्षक हुन्।) 

प्रकाशित: २ आश्विन २०७८ ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App