४ वैशाख २०८१ मंगलबार
कला

म पनि स्कुल जान्छु

बालकविता

जयन्ती स्पन्दन

आमा अब म पनि त स्कुल जानुपर्छ,

शिक्षाबिना मानिसले हन्डर खानुपर्छ।

दाजुभाइ पढ्न भनी स्कुल सधैं जाने,

मलाई भने सधैंभरि वनजंगलै लाने।

हामी छोरी गर्न सक्छौं सबै खाले पेसा,

हेर्नु कति नामी बनिन्  मदर  टेरेसा।

संसारैले चिनेको छ सीता, लक्ष्मीबाई,

हसिना र साहानाको इतिहासलाई।

हिजोसम्म छोरा मात्रै  घरको बेभार गर्ने,

सबैलाई छोरा मात्रै बढी मनपर्ने।

छोराछोरी समान छन्  आज यहाँ हेर,

छोराभन्दा छोरी कम्ती छन् र कहाँनेर।

प्रकाशित: २९ भाद्र २०७८ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App