coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भक्तपुरको चार सय वर्षअघिको इतिहाससम्बन्धी पुस्तक विमोचन

भक्तपुर भक्तपुरको चारसय वर्षअघिको इतिहास समेटिएको पुस्तक विमोचन गरिएको छ। आरती गुठी निवा संघका नाइके(अध्यक्ष) संघरत्न शाक्यद्वारा लिखित पुस्तक शनिबार विमोचन गरिएको हो। शाक्यद्वारा लिखित ‘ख्वपया निवा शाक्य तय्गु इतिहास’(भक्तपुरका निवा शाक्यहरुको इतिहास) नामक सो पुस्तकको विमोचन प्राध्यापक सूवर्ण शाक्यले गरेका हुन्।

सो पुस्तकमा भक्तपुरको चारसय वर्षअघिको इतिहास रहेको लेखक शाक्यले बताए। भक्तपुरका प्रसिद्ध सुनका गजुर, मुर्ति, स्वर्णद्वारलगायत निर्माणमा निवा शाक्यहरुको भूमिका र योगदान महत्वपूर्ण रहेको विषय पुस्तकमा समेटिएको लेखक शाक्यले बताए। कार्यक्रममा अतिथिहरु त्रिरत्न शाक्य, प्रा.सिद्धिरत्न शाक्य, साहित्यकार तिलक प्रकाश कायस्थ, वौद्ध विद्वान रत्नसुन्दर शाक्यलगायतले पुस्तकबारे चर्चा गरेका थिए।

अतिथिहरुले पुस्तकले भक्तपुरको लुकेको इतिहास उजागर गर्न र राजामहाराजाहरुको मात्र नभइ कामदारहरुको समेत इतिहासबारे बुझ्न सघाउ पुर्याउने भन्दै सो पुस्तक महत्वपूर्ण रहेको चर्चा गरेका थिए। आरती गुठी निवा संघले प्रकाशन गरेको सो पुस्तकमा मल्लकालीन राजा विश्वमल्लदेखि रणजीत मल्लसम्मको इतिहास समेटिएको गुठीका शाक्यन शाक्यले बताए।

प्रकाशित: २६ भाद्र २०७८ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App