coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भाषण

लघुकथा

गंगा खड्का

प्रमोद र उनकी श्रीमती  दुवै सामाजिक अभियन्ताका रूपमा चिनिन्थे। उनीहरूलाई विविध कार्यक्रममा बोलाइन्थ्यो। एकपटक उनीहरूलाई हिन्दू धर्म संरक्षण समितिले आयोजना गरिएको एउटा कार्यक्रममा बोलाइयो।

मुख्य अतिथिको रूपमा आसन गरेका प्रमोदले मन्तव्य भन्ने बेला आएपछि जोडतोडले चिच्याउँदै हिन्दू धर्म संरक्षणका लागि सबैसँग अपिल गरे।

नजिकै बसेकी उनकी श्रीमतीलाई सही सक्नु भएन । उनी लोसेलोसे हुँदै आसन ग्रहण गरेको ठाउँबाट उठिन् अनि प्रमोदको कानमा खुसुक्क भनिन्, ‘बूढा ! कति जोडजोडले कराउनुभएको? बिस्तारै बोल्नु न।फेरि नयाँ घरमा चर्च खोलेको मान्छेले भाषण सुन्ला र चर्च अन्तै सार्ला नि !’

– बूढानीलकण्ठ १, काठमाडौं।

प्रकाशित: ७ भाद्र २०७८ ०६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App