१ आश्विन २०७८ शुक्रबार
कला

रामदयाल राकेशको नयाँ पुस्तक बजारमा

साहित्यकार डा. रामदयाल राकेशको नयाँ पुस्तक ‘सलहेस एन्ड अदर भिलेज डेटिस्’ बजारमा आएको छ। अंग्रेजी भाषामा प्रकाशित एक सय २६ पृष्ठको सो पुस्तकमा सिराहास्थित सलहेस फुलबारी र सलहेसको महत्व समोवश गरिएको छ।  

पुस्तकमा स्थानीय दुशाध जातिले सलहेसलाई कुल देवताको रूपमा मान्ने भएकाले कुल देवता मानेर पूजा गर्ने प्रसंग समेटिएको छ। लेखक राकेशले प्रकाशन समेत गरेको सो पुस्तकको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा मिथिला संस्कृतिबारे जानकारी गराउने प्रयास गरिएको छ।  

सो पुस्तक‘सलहेस तथा अन्य ग्राम देवताहरू’ पुस्तकको अंग्रेजी अनुवाद हो। जुनपुस्तक नेपाल बैंकको हिरक महोत्सवको अवसरमा विमोचित भएको थियो। नेपाली तथा मिथिला साहित्यमा दख्खल राखेका लेखक राकेशका यसअघि झन्डै तीन दर्जन पुस्तक प्रकाशित भइसकेका छन्।

प्रकाशित: १६ श्रावण २०७८ २०:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App