७ वैशाख २०८१ शुक्रबार
कला

प्रभाती किरण

कविता

रञ्जुश्री पराजुली

 

कालो घटालाई पन्छाउँदै

सर्वत्र उज्यालो छर्ने

हे प्रकृति माताका वरदपुत्र

तिम्रो स्वर्णिम  छटायुक्त

प्रभाती जन्म हेर्न

प्रतीक्षारत अनगिन्ती छविहरू

उत्साहित छन्  

भिन्नभिन्न स्थानबाट

एउटै छटामा जन्मने तिमी

हे प्रभाती भानु

स्वर्णिम किरण छर्दै

निमेषभरमा नै

आफ्नो पूर्ण छटा देखाउँछौ

सानो आकारबाट जन्मन  

प्रयत्नरत लाली किरणयुक्त

हे प्रभाती दिवाकर

तिमीलाई अनन्त प्रणाम छ

तालमेल संयोग र समयको

मिलनले विभिन्न स्थानबाट  

तिम्रो प्रभाती दर्शन पाएँ

तर आज फेरि भाग्यले  

पाताल देशको युटा राज्यबाट

पनि मैले तिम्रो पाएँ

स्वर्ण रञ्जित प्रभाती दर्शन

हे मेरा भाष्कर  

उहीँ रूप रङ्ग उही समयमा

जन्मने कर्मयोगी तिमी

कर्मवादी बन्ने सन्देश फिजाउंछौ

चुक्दैनौ कहिले पनि  

कर्मयोगी बन्न  

यो विश्व ब्राह्मणमा तिमी

गतिशील भएर थपिरहेछौ

अनन्त स्वर्णिम  ऊर्जा।

प्रकाशित: १५ श्रावण २०७८ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App