coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

निर्मला मुरारीको ‘च्यातिएको फरिया’ विमोचन

निर्मला मुरारीद्वारा लिखित ‘च्यातिएको फरिया’ कथासंग्रह विमोचन भएको छ। सिनामंगलस्थित इलेभेन रेस्टुरेन्टमा नारी स्रष्टा समाज विराटनगरले कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा स्वागत मन्तव्य संजय धितालले गरेका थिए।

 ‘च्यातिएको फरिया’ कथासंग्रहको कृति समीक्षा  रामकुमार पण्डित र  दीपक लोहनीले गरेका थिए। समीक्षक पण्डितले कथा कथाकारमा उत्कृष्ट साहित्यिक चेत भएको बताए। उनले भने, ‘उनका कथामा सिकारुपन पाइँदैन। भन्नुपर्ने कुरा सरल ढंगले पस्किएकी छन् । अन्यायको विपक्षमा उभिएका कथाहरू पठनीय छन्।  

समीक्षक दिपक लोहनीले आदर्श समाजको परिकल्पना गरेर कथाकारले कथा लेखेको बताए।उनले भने, ‘अनुभूतिमा पढाइ चाहिँदैन। सपना देख्न योग्यता चाहिँदैन। परिपाक मिलेका उनका कथा पढ्नुअघि उनका संघर्षका कथाहरू पढ्नुपर्ने हुन्छ। कथामा समाजले गर्ने खिसीटियुरी, मानवीय समवेदना, उत्साह, उकुसमुकुसजस्ता सबै धेरै समेटिएका छन् ।’

अतिथि वक्ता डा. विदुर चालिसे, विशिष्ट अतिथि प्राडा शैलेन्दुप्रकाश नेपाल र कथाकार  भागीरथी श्रेष्ठले कथाबारे चर्चा गरेका थिए। कथाका पुस्तक पढेर समाजका कुरालाई खुलेर लेख्न निर्मला मुरारीलाई कथाकार  भागीरथी श्रेष्ठले प्रोत्साहन गरेका थिए।  

प्रमुख अतिथि विष्णुविभु घिमिरेले निर्मला मुरारीको कथा लेखनयात्रालाई निरन्तर दिनुपर्ने र  कथामा समाजका सबै खाले विषय आउनुपर्छ सुझाए । 

नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलले निर्मला मुरारीले अन्धकारबाट बाहिर निस्कन नारी स्रष्टालाई सजिलो छैन तर पनि नारी स्रष्टाले निस्कनुपर्छ। भिडमा एक्लो हुने नारी स्रष्टा अब अगाडि बढ्नुपर्छ भन्दै कार्यक्रमको बिट मारेकी थिइन्।उक्त कार्यक्रम  अदिती श्रेष्ठले चलाएकी थिइन्। 

प्रकाशित: १५ श्रावण २०७८ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App