७ वैशाख २०८१ शुक्रबार
कला

काठमाडौं

कविता

तारा केसी

 

आनाआनामा टुक्रियो काठमाडौं

कङ्क्रिट जङ्गलले घेरियो काठमाडौं

लुकाएर आफ्नो व्यथा अचेल

भित्रभित्रै जलिरहेछ काठमाडौं

दिन दुई गुणा रात चौ गुणा

कमिसनको थाङ्ग्रोभित्र

मौलाएको छ काठमाडौं

फराकिलो घरभित्र साँघुरो परिवेश ओढेर

विदेशी च्यानलसित

नियाँस्रा साँझहरू साटिरहेछ काठमाडौं

पवित्र नदी हाम्रा बाग्मती र विष्णुमती

फोहोर मिसिएर बग्न छाडेपछि

सौन्दर्यविहीन कुरूप बन्दै छ काठमाडौं

जब उर्दी हुन्छ पटकपटक आन्दोलनको

चारैतिर नाका ठप्प भएपछि

अभावै अभावमा दुखिरहन्छ काठमाडौं

फरकफरक सिद्धान्त र गठबन्धन बिच

आपसमा मेल नभएपछि

बुढो बाबुको रोगी सपनाझै

जीर्ण बन्दै छ काठमाडौं।

प्रकाशित: ८ श्रावण २०७८ ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App