८ श्रावण २०७८ शुक्रबार
कला

छटपटी र सुस्केरा

कविता

एनवी दाहाल ‘नविन’

 

रातको १२ बजे पनि  

छटपटिएको छु  

तिम्रो यादमा

तिम्रै सम्झाइमा  

सुस्केराको सुनामी आउँछ  

छातीको कुनामा।

त्यसैले त तिमी टाढा नहोऊ  

बगाइलान्छ

मेरा र तिम्रा नयाँ बस्तीहरू।

तिमीले पुनर्जन्म पाएपछि  

तिम्रो जीवनको शब्दचित्र  

कोर्दैछु रातको मध्यान्हमा  

सुनसान रातको समय  

चकमन्न छ मेरो गाउँ  

सुतेको छ अंधेरी रातको शून्यभित्र।

तिम्रो भोगाइको भूगोलको पनि  

अब त मेरै भोगाइसंग मिलिसक्यो।

चाहनाको खोजाइसंगै  

तिम्रै मुहारको चित्रको  

झझल्को आइरहेछ।

कति टाढा जस्तो लाग्छ।

तिमी र मको सीमाक्षेत्र  

दश गजाको अस्थिरताले

मेरो छटपटी र सुस्केराहरूको जन्म हुन्छ ,

रातको शून्यता सम्झन्छु ,

बिर्सन्छु ,संम्झन्छु र बिर्सन्छु  

यस्तै क्रम चलिरहन्छ मेरो  

सम्झनाको डायरीको पन्नाभरि  

कोलाहल र वास्तविकता नभएको  

छटपटी र सुस्केराहरू।

प्रकाशित: ६ श्रावण २०७८ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App