७ वैशाख २०८१ शुक्रबार
कला

पीडा

लघुकथा

खगेन्द्र बस्याल 

 

उनी काम विशेषले केही दिन घर बाहिर भएको बेला उनकी श्रीमतीले सन्तप्रसादको परिवारलाई हटाई नयाँ दम्पतीलाई घरमा डेरा दिइन्। उनका साना छोराछोरीले बढी हल्ला गरे भन्ने निहुँमा डेराबाट हटाइएको थियो। तर कारण अर्कै थियो, उनकी श्रीमती आफ्नो घरमा बस्नेले आफूलाई दैनिक नमस्कार गरोस् भन्ने थियोे तर  उनीहरूले त्यसो गर्दैन थे।

उनी फर्केपछि यो कुरा चाल पाए। यो व्यवहार उनलाई सह्य भएन। केही बोले घरमा भाँडभैलो मच्चाउने बानी थियोे। श्रीमतीले चिया ल्याइन्। उनले चिया पिएनन्। टोलाई मात्र रहे। त्यो देखेर उनीले भनिन्– तपाईंलाई के भो, दवाई लिएर आऊँ !

उनले भने – त्यो पर्दैन। मलाई दवाईले सञ्चो नहुने पीडा भएको छ।

उनी आत्तिदै भनिन् – त्यसो भए तुरुन्तै अस्पताल जाऊँ । म टेक्सी बोलाएर आउँछु।

उनले फेरि भने– अस्पताल गएर पनि सञ्चो हुने अवस्था छैन।

पतिको कुराले उनलाई निकै छटपटी भयो । के लाएछ भनेर आखत ल्याइन।

उनले भने– त्यो पनि पर्दैन। मलाई कुनै पनि मसान र भूतप्रेतले छलेको छैन। कुनै देवीदेवता भाकल पूरा नगरेको निहुँमा रिसाएका पनि छैनन्।

‘त्यसो भए के भएको हो त मैले पनि जानकारी पाउनुपर्यो नि!’ उनीले भनिन्।

उनले गहिरो पीडाबोध गर्दै भने– मैले तिमीलाई आफ्नो पीडा नपोखेर अरूलाई बताउने प्रश्नै आउँदैन।  हेर हाम्रा छोराहरू आफ्ना परिवार सहित शहरतिर छन्। नातिनातिना पनि यहाँ छैनन्। ती सन्तप्रसादका साना छोराछोरीले आफ्ना प्यारा नातिनातिना बिर्साएर घर रमाइलो पारेका थिए। उनीहरू नदेख्दा गए राति पनि म निदाइन। थाहा छैन कति रात यसरी नदिदाई बिताउनुपर्ने हो।

प्रकाशित: ११ असार २०७८ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App