१७ श्रावण २०७८ आइतबार
कला

व्यस्त मान्छे

लघुकथा

राजु क्षत्री अपुरो

 

पहिला – पहिला मेसेन्जरमा निकै बोल्ने उनी  अचेल नबोलेको देखेर इन्बक्समा लेखेँ –  नमस्कार, आराम हुनुहुन्छ ? मेसेज पुग्न पाएको थिएन, उताबाट जवाफ आइहाल्यो, मानौँ  उनी कतिखेर रिप्लाई दिउँला भनेर बसेका हुन्।  

‘अचेल हराउनु भो त ? मैले पोस्ट गरिएका सामाग्रीहरूमा नजर पर्न पनि छाड्यो त’ – मैले गुनासो पोखेँ।

‘अचेल म अति व्यस्त छु सर।  एक मिनेट पनि फुर्सद हुँदैन। समाजसेवा, राजनीतिका मिटिङ, भेला, घरायसी कामकाज, केटाकेटीको देखभाल आदिले गर्दा हो सर’– उनले स्पष्टीकरण दिए।

‘आफूलाई व्यस्त राख्नु राम्रो हो नि! समय नि कट्छ, समाजको हितमा काम गर्दा आत्मसन्तुष्टि पनि मिल्छ;– मैले समर्थन जनाउँदै कुरा बिट मार्न खोजेँ।

उताबाट उनले आफूले गरेका कामका लामै फेहरिस्त लेखे।  म बिट मार्ने कोसिसमै थिएँ उनी लेख्दै गए गाउँदेखि देशसम्मका चर्चा, मनबहादुरदेखि धनबहादुर, धनराजदेखि मनराजसम्मका परिचर्चा लेख्न भ्याए। बडो मुस्किलले बिदाबारी भए उनी।

प्रकाशित: ११ असार २०७८ १७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App