coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अतीतको याद

कविता

होमनाथ खनाल

 

उकाली चढ्दै ओराली झर्दै, पुगिने ठाउँमा,

सिरसिरे बतास त्यो चिसो पानी, पाइन्छ गाँउमा।

 

खेतको धान बारीको सब्जी , टिपेर ल्याएको,

भुटेका मकै साँधेको गुन्द्रुक, खाजामा खाएको।

 

बितेका दिन फर्केर हेर्दा, आनन्द यो मन,

चतुरे बजार मान्छेको हजार, रमाइला ती दिन।

 

स्कुल जान्थ्यौं रमाइलो गथ्र्यौं, साथीभाइ मिलेर,

मौरीको मह निकाल्ने हुँदा, मौरीले चिलेर।  

 

यी याद सबै नाची नै रन्छन, आँखाकै अगाडि,

बितेका दिनको सम्झना आउँछन्, फर्कन्दा पछाडि।

 

मेला र पात दाउरा र घाँस, दोहोरी गाइन्थ्यो,

रोपाइँ गर्न मेलापात गर्न,पर्म नै लाइन्थ्यो।

 

रमाइला थिए ती दिन हाम्रा, पीर थिएन कहिल्यै,

लेख्न मन लाग्यो ती दिन सम्झी, याद आउँछ जहिल्यै।

प्रकाशित: ८ असार २०७८ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App