४ वैशाख २०८१ मंगलबार
कला

यो रक्सी किन भा यति सस्तो

कविता

बाबुराम पौडेल

 

 

यो रक्सी कस्तो

लाज र इज्जत  

भयो धेरै सस्तो।

 

खाएपछि जे

बोल्न नि पाइने

गर्न नि पाइने।

 

न त पद चाहिने

न प्रतिष्ठा बचाउने

दिएको सम्मानको  

धज्जी उडाउने ।

 

ख्याल छैन यहाँ  

म के बोल्दैछु भन्ने

कुर्सीमा बसेर

बोल्न नजान्ने।

 

हावा खुस्किएझैँ  

नौटंकी गर्न मिल्ने

त्यही बेलामा

भन्न हुने–नहुने सबै  

भन्न मिल्ने।

 

न नांगिएको था’छ

न बाङ्गिएको था’छ

न त नरिसाउनुस् है

भन्दै पन्छिएको था’छ।

 

अर्कालाई पेच पारी

भन्ने हिम्मत राख्न

पिउनै पर्ने रैछ

यो रक्सीको जात।

 

यो रक्सी कस्तो

आज भा’छ सस्तो

एक कपमा नै

वाहा भन्ने जस्तो।

 

खानेबित्तिकै

ओहो साथ दिने

नमातीकनै

मातेझैं गराउने।

 

सानो र कमजोरलाई

जे बोल्न नि पाइने

गल्ती भएमा

सरी भन्दा चाहिने।

 

कपट गरी खेल्न

अरूलाई सताउन

पाए मज्जा माने

यो रक्सी कस्तो

अहंकार बढाउन

गर्छ काम सारै सस्तो।

 

आसेपासेलाई  

संगठित गर्दै

पद र प्रतिष्ठाको

दुरुपयोग गर्दै

 

राज्य ढिकुटीको

दोहन गर्दै  

गरिव–दुखीमाथि

शोषण गर्दै

 

मतमा मात्तिएर

श्रावमा लठ्ठिएर

औकात देखाउँदै

आउँछ कस्तो

यो रक्सी आज

किन भा’छ यति धेरै सस्तो।

प्रकाशित: ८ असार २०७८ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App